ललितपुरमा प्रहरी मेस
ललितपुरमै पहिलो पटक सातदोबाटो प्रहरी वृत्तमा प्रहरी अधिकृत तथा जवानका लागि संयुक्त रुपमा खाना खाने साझा मेसको शुरु भएको छ । यसअघि देशका अन्य प्रहरी कार्यालयमा जस्तै तहगत भान्साको प्रचलन रहेकामा त्यसमा सुधार गरिएको हो । सातदोबाटोमा स्थापना भएको यो मेस नेपालको साताँै मेस रहेको बताइएको छ ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले मुलुकभित्र अघि बढेको समानता र पारदर्शिताको कुरालाई यसले निकै सहयोग गर्ने विश्वास व्यक्त गर्नुुभयो । उहाँले भन्नुभयो, “प्रहरीका सबै दर्जाबीच सम्मान व्यवहारको आवश्यकता रहँदा एउटै मेसको निकै जरुरी रहेको थियो । दिनमा हजारौँ जनताको समस्या सुन्ने जवानको मानसिकता परिवर्तन गर्न संयुक्त मेसले निकै सहयोग गर्नेछ । ” सबै प्रहरीमा सकारात्मक भावना बढाउन संयुक्त मेसले निकै सहयोग गर्ने पोखरेलको भनाइ थियो ।
यसैगरी कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोलीका प्रमुख कार्यकारी अधिकृत पवन भट्टराईले ललितपुर सबैभन्दा बढी इञ्जिनियरिङ कलेज भएको जिल्ला रहँदा प्रहरीले यहाँको दुव्र्यसनी नियन्त्रण गर्न सफल भएको बताउनुभयो ।
उक्त कार्यक्रममा मेसको राम्रो व्यवस्थापन गरेवापत प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्मा, प्रहरी नायब निरीक्षक जगतबहादुर रायमाझी, प्रहरी हवलदार नारायण किङ्रिन र प्रहरी जवान हीरालाल नेपालीलाई पुरस्कृत गरिएको थियो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस