कम्मर र ढाडको दुखाईबाट मुक्त हुन चाहानुहुन्छ भने गर्नुहोस् ‘बल एक्सरसाइज’

अहिलेको समयमा ढाड अथवा कम्मरको दुखाई साझा समस्या बनेको छ । जसको कारण हो , हाम्रो जीवनशैली तथा खराब बानी । दैनिक रुपमा व्यायाम गर्दा यस्तो समस्याबाट मुक्त हुन सकिन्छ । यिनैमध्ये एउटा छ ‘बल एक्सरसाइज’।
कसरी गर्ने त बल एक्सरसाइज ?
- ढाडको मद्दतले सुत्ने
बलको सहयोगले यो व्यायाम सहज हुन्छ । आफ्नो ढाडको मद्दतले बलमाथि सुत्ने र खुट्टालाई भुइमा राख्ने । यसरी सुत्दा तपाईको मेरुदण्डलाई माथिदेखि तलसम्म फैलाउन मद्दत गर्छ र ढाडको माथिल्लो भागलाई प्राकृतिक रुपले सोझो बनाउँछ, जुन हाम्रो खराब बानीका कारण बिग्रीएको हुन्छ । यो व्यायामलाई अझै प्रभावकारी बनाउन आफ्नो दुवै हातमाथि लगेर भुइमा छुने कोशिश गर्नुपर्छ । यहीं पोजिशनमा केही सेकेन्ड बस्नुहोस् ।
- अगाडी तिर झुक्नुहोस्
यो व्यायाममा तपाईलाई पुनः बलमा सुत्नु पर्छ , तर यस पटक भने उल्टो दिशा तर्फ । यस पटक तपाई आफ्नो छातीको मद्दतले बलमाथि सुत्नुहोस्। यसले मांसपेशीलाई आराम दिनुका साथै ढाडको दुखाईलाई पनि कम गर्छ । एक्सरसाइज बलको अगाडी घुँडा टेकेर तपाईको फोरआर्मसलाई बलको माथि राख्नुहोस् । अब अगाडीतिर झुक्नुस र बलमा आफ्नो माथिल्लो भागलाई छाडिदिनुस् । स्थिरताका लागि तपाईको दुवै हातलाई अगाडीतिर सिधा पारेर राख्नुस् ।
- गोलाकार गतिमा घुम्नुहोस्
बलमा बस्नुस, आफ्नो खुट्टालाई जमिनमा र हातलाई बलियो गरि बलमाथि मेरुदण्डलाई सीधा राख्दै, गोलाकार गतिमा बललाई एक दिशातिर घुमाउनुस् । केही सेकेन्डपछि अर्को दिशातर्फ घुम्नुहोस् । यसले तपाईको ढाडमा देखा परेका सबै किसिमका दुखाईको अन्त्य गरि तपाईलाई आराम दिन्छ ।
- लैट स्ट्रेचको फाइदा
यसले लैटिसिमस डॉर्सी मांसपेशीलाई लक्षित गर्छ, जो हाम्रो शरीरको सबैभन्दा ठूलो मांसपेशी हो । यो व्यायामले बलको अगाडी घुंडा टेकेर हातलाई बलको माथि राख्ने । अब बललाई जति टाँढा लग्न सक्नुहुन्छ लैजानुहोस र यर्ही क्रममा शरीरलाई अगाडी तिर झुकाउनुहोस् । अब छातीले जमिनलाई छुने प्रयास गर्नुस र यहीं पोजिशनमा १० देखि २० सेकेन्डसम्म रोक्नुहोस् । फेरि विस्तारै बलसँगै व्यायामको सुरुआती स्टेजमा आउने कोशिश गर्नुहोस् ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस