स्वास्थ्य सेवा विस्तार गर्दै स्थानीय तह
पूर्वी जाजरकोटको नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा १५ श्ययाको अस्पताल निर्माण शुरु भएको छ । “स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परिपूर्ति गर्नका लागि नगरपालिकाले विज्ञापन गरिसकेको छ”, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले भन्नुभयो ।
पश्चिममा छेडागाड नगरपालिकाको सालटाकुरामा नगर अस्पतालको काम शुरु भएको नगर प्रमुख लालबहादुर महतराले जानकारी दिनुभयो । स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी नगर अस्पताल बनाइएको हो । नौ स्वास्थ्य संस्थाका भवनसमेत निर्माण शुरु गरिएको उहाँले जानकारी दिनुभयो । बिरामीको सहजताका लागि नगरपालिकाले एम्बुलेन्स सेवासमेत शुरु गरिएको जनाएको छ । गर्भवती, ज्येष्ठ नागरिक र प्राकृृतिक प्रकोपमा परेकालाई सो सेवामा छुट दिने कार्यविधिमा उल्लेख रहेको छ । सदरमुकामका स्वास्थ्य सेवा कार्यालयबाहेक सबै स्वास्थ्य संस्था स्थानीय तहको मातहतमा आइसकेको छ ।
स्थानीय तहले आफ्नो मातहतका स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी सेवा प्रवाहमा प्रभावकारिता ल्याएको नगरप्रमुख महतराले जानकारी दिनुभयो । भेरी नगरपालिकाले सदरमुकामको अस्पताललाई व्यवस्थित गरेर सेवा प्रवाहमा सहयोग गर्दै आएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो । नगरपालिकाले पाँचभन्दा बढी नयाँ स्वास्थ्य संस्थाका भवन निर्माण जारी राखेको छ । त्यस्तै रुकुम पश्चिम सानीभेरी गाउँपालिकाले वडा ७ छोटेबगरस्थित सिम्ली स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १५ श्ययाको बनाई सेवा शुरु गरेको छ । सो स्वास्थ्य संस्थामा डा कविन बस्नेतले सेवा दिनुभएको छ । “ गाउँपालिकामा १५ र नगरपालिकामा २५ श्ययाको अस्पताल हुने व्यवस्था हुने नीतिअनुसार नगर अस्पताल बनाएका छौँ”, गाउँपालिका अध्यक्ष नरबहादुर पुनले भन्नुभयो । गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले १५ श्ययाको अस्पताल सञ्चालनका लागि ३२ जनाको दरबन्दी स्वीकृत गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालका लागि स्त्री, बालरोग र हाडजोर्नीका एक र विशेषज्ञ चिकित्सक एकजनाको व्यवस्था गरिएको छ भने तीन एमबिबिएस चिकित्सक दरबन्दी कायम गरिएको छ । गुणस्तरीय उपचार प्रवाह गर्न छिट्टै विशेषज्ञ चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्था गर्न लागिएको बताइएको छ । अस्पतालमा एक चिकित्सकसहित नर्स, अहेव, रेडियोग्राफर, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट र दुई कार्यालय सहयोगीले सेवा दिएका छन् ।
अस्पतालबाट बहिरङ्ग, अन्तरङ्ग, प्रयोगशाला, आकस्मिक, प्रसूति, एक्स–रे र सामान्य शल्यक्रिया सेवा शुरु गरिसकिएको गाउँपालिकाले जनाएको छ । प्रतिकारात्मक, प्रवद्र्धनात्मक, परिवार योजना, कुष्ठरोग निवारण, औषधालय, एम्बुलेन्सलगायत सेवा पनि प्रवाह भइरहेको छ । सुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुन थालेपछि अन्यत्र जानुपर्ने बाध्यता टरेको छ । सडक पुगेका वडाबाट बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरिएको छ । जिल्लाका ६ स्थानीय तहमध्ये अस्पताल शुरु गर्ने सानीभेरी दोस्रो हो । यसअघि आठबीसकोट नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको थियो ।
आठबीसकोट नगर अस्पतालबाट नलगाड नगरपालिकाका बासिन्दाले समेत सेवा लिन पाएका छन् । नगरपालिका अन्य सेवासमेत थपेर लिने योजनामा रहेको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस