पढेको कुरा छिट्टै विर्सनु हुन्छ भने, यी खानेकुराको सेवन गर्नुहोस्
मानिसको शरीरमा दिमागको महत्वपूर्ण भूमिका हुन्छ । तर, कहिलेकाही दिमागले पनि राम्रोसँग काम नगर्दा धेरै तनाव हुने गर्दछ । हामीले खाने खानपानले गर्दा हाम्रो दिमागलाई नकारात्मक असर भइरहेको हुन्छ । त्यसकारण दिमागलाई सधै स्वस्थ राख्न जडीबुटीको सेवन गर्न सकिन्छ । जसले हाम्रो स्मरण शक्तिलाई बढाउन मद्धत गर्छ ।
बेसार :
यसको नियमित प्रयोगले विर्सने समस्याबाट मुक्त हुन सकिन्छ ।
जटामसी :
यो जडीबुटी औषधिका रूपमा प्रयोग गरिन्छ । एक चम्चा जटामसी एक कप दूधमा राखेर पिउँदा दिमाग तेजिलो हुन्छ ।
दालचिनी :
यसले खानालाई स्वादिलो बनाउनुको साथै औषधिको रुपमा पनि काम गर्छ । राति सुत्ने समयमा एक चिम्टी दालचिनीलाई महमा मिसाएर खाँदा तनाव कम हुनुका साथै दिमाग तेज हुन्छ ।
जाइफल :
दिमागलाई तेज बनाउन जाइफल अति उत्तम जडीबुटीको रुपमा लिइन्छ ।
मरीच :
यसमा पेपरिन रसायन पाइने हुनाले दिमागको कोसलाई आराम दिई तनाव घटाउन मद्दत गर्छ ।
तुलसी :
तुलसी रुघाखोकीका लागि प्रयोग गरिन्छ । तर, यसको प्रयोगले मुटु र दिमागलाई फाइदा समेत पुग्छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस