पढेको कुरा छिट्टै विर्सनु हुन्छ भने, यी खानेकुराको सेवन गर्नुहोस्

मानिसको शरीरमा दिमागको महत्वपूर्ण भूमिका हुन्छ । तर, कहिलेकाही दिमागले पनि राम्रोसँग काम नगर्दा धेरै तनाव हुने गर्दछ । हामीले खाने खानपानले गर्दा हाम्रो दिमागलाई नकारात्मक असर भइरहेको हुन्छ । त्यसकारण दिमागलाई सधै स्वस्थ राख्न जडीबुटीको सेवन गर्न सकिन्छ । जसले हाम्रो स्मरण शक्तिलाई बढाउन मद्धत गर्छ ।
बेसार :
यसको नियमित प्रयोगले विर्सने समस्याबाट मुक्त हुन सकिन्छ ।
जटामसी :
यो जडीबुटी औषधिका रूपमा प्रयोग गरिन्छ । एक चम्चा जटामसी एक कप दूधमा राखेर पिउँदा दिमाग तेजिलो हुन्छ ।
दालचिनी :
यसले खानालाई स्वादिलो बनाउनुको साथै औषधिको रुपमा पनि काम गर्छ । राति सुत्ने समयमा एक चिम्टी दालचिनीलाई महमा मिसाएर खाँदा तनाव कम हुनुका साथै दिमाग तेज हुन्छ ।
जाइफल :
दिमागलाई तेज बनाउन जाइफल अति उत्तम जडीबुटीको रुपमा लिइन्छ ।
मरीच :
यसमा पेपरिन रसायन पाइने हुनाले दिमागको कोसलाई आराम दिई तनाव घटाउन मद्दत गर्छ ।
तुलसी :
तुलसी रुघाखोकीका लागि प्रयोग गरिन्छ । तर, यसको प्रयोगले मुटु र दिमागलाई फाइदा समेत पुग्छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस