पाल्पामै पहिलो साझा सुविधा केन्द्र स्थापना हुने
पाल्पाका नागरिकले स्थानीयस्तरमा उत्पादन गरेका सामग्रीको बिक्रीवितरणमा सहज सुविधा पु¥याउन साझा सुविधा केन्द्र स्थापना हुने भएको छ । तानसेन नगरपालिका वडा नं ८ मदनपोखराको चाउरीपोखरामा करीब रु ३० लाखको लागतमा केन्द्र स्थापना गर्न लागिएको वडाध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
नगरपालिका र घरेलु तथा साना उद्योग समितिको साझेदारीमा केन्द्र स्थापना गर्न खोजिएको हो । भवन निर्माणका लागि घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले रु १० लाख विनियोजन गरेको छ भने नपुग नगरपालिकाले व्यवस्थापन गर्नेछ । भवन निर्माण तथा व्यवस्थापनका लागि दुर्गाबहादुर सारु अध्यक्ष रहेको ११ सदस्यीय समिति गठन गरिएको छ । गङ्गा सुनार संयोजक रहेको लेखा, लक्ष्मी विक संयोजक रहेको व्यवस्थापन तथा भण्डार र सारु संयोजक रहेको खरीद समिति गठन गरिएको छ ।
वडाध्यक्ष घिमिरेका अनुसार पाल्पामै एक मात्र साझा सुविधा केन्द्रमा कोसेली घरमा जस्तै स्थानीयस्तरमा उत्पादित पाल्पाली ढाका, चुरापोते, बेतबाँसबाट निर्मित सामग्रीलगायत बिक्रीका लागि राखिने व्यवस्थापन समितिका अध्यक्ष सारुको भनाइ छ । ढाका सङ्घ पाल्पाका सदस्य सारुले आफूले करीब ३०÷३५ वर्षदेखि ढाकाको व्यवसाय गरे पनि अब बल्ल बिक्रीका लागि सहज हुने बताउनुभयो ।
तरकारी खेतीका लागि मुख्य क्षेत्रका रुपमा परिचित माडी मदनपोखरा क्षेत्र नजीकै साझा सुविधा केन्द्र स्थापना गरेर स्थानीयस्तरको सीपको प्रचारप्रसार गर्नसमेत सजिलो हुने वडाध्यक्ष घिमिरेको भनाइ छ । उहाँका अनुसार स्थानीय कुखुरा, बेतबाँसका कुर्सी, टेबललगायत सामान, ढाका, चुरापोते, साडीमा बुट्टा भर्ने सीप भएका नागरिकको सीपको विकास गर्दै बिकी्र कक्ष राखेर बिक्री गर्ने र धेरै उत्पादन भए अन्यन्त्र बजारमा लैजाने व्यवस्था मिलाइने छ । स्थानीयस्तरका विभिन्न सामग्री नागरिकले उत्पादन गरे पनि बिक्रीका निम्ति सहज सुविधा नभएपछि निरुत्साहित भएका परिवेशमा सुविधा केन्द्र स्थापना हुने भएपछि उद्योगी व्यवसायी खुशी भएका छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस