गिद्धको नयाँ प्रजाति जाजरकोटमा फेला
प्रकृतिको कुचिकार मानिएको गिद्धको नयाँ प्रजाति जाजरकोटमा फेला परेको छ । समुद्र सतहदेखि एक हजार ७०० मिटरको उचाइ रहेको वारेकोट गाउँपालिका–१ आग्रखोलामा राज नाम गरेको एक जोडी गिद्ध भेटिएको हो । जाजरकोटमा चरा, अन्य लोपोन्मुख जन्तुको संरक्षण तथा खोजीमा क्रियाशील गोविन्दबहादुर सिंहका अनुसार बारेकोट गाउँपालिकाको जङ्गलमा भेटिएको गिद्ध विश्वकै लोपोन्मुख चराका रुपमा रहेको छ ।
अरुभन्दा फरक गुण र स्वभाव गरेको यो राजगिद्ध नेपालको तराई भेगमा पाइने भए पनि जाजरकोटमा यसको वासस्थान रहेछ भन्ने प्रमाणित भएको सिंहले बताउनुभयो । राजगिद्ध अरुको मुखको सिनो पनि खोसेर खाने तथा सिनो खाइरहेको अवस्थामा कुनै पनि गिद्धले यसलाई आक्रमण गर्न नसक्ने स्वभाव भएको चराका रुपमा लिने गरेको उहाँले जानकारी दिनुभयो । यसअघि जाजरकोटलाई बासस्थान बनाएका सेतो, हाडफोर, सुन र हिमाली गिद्ध गुँडसहित भेटिएका छन् । पछिल्लो समयमा सिमलको रुख विनाश तथा सिनोमा विषादी मिसिएकाले यसको सङ्ख्या घट्दो रहेको पक्षी विज्ञको भनाइ छ । गिद्ध संरक्षणका लागि आहारको व्यवस्थापन र सिमलका रुखको संरक्षण गर्नुपर्ने उनीहरुको सुझाव छ । यहाँको वनस्पति र जीवजन्तुको उचित संरक्षणमा राष्ट्रियस्तरको कार्यक्रम बन्न जरुरी रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । उहाँले गाउँपालिकास्तरबाट हुने कार्यक्रम सानो हुने र केन्द्रीयस्तरबाट नै महत्वसाथ जाजरकोटमा पाइएका, पाइन सक्ने जीवजन्तु, चराको खोजी र संरक्षणमा पहलको खाँचो रहेको बताउनुभयो । यहाँ विश्वकै दुर्लभ जनावर रेडपाण्डा, दुर्लभ पक्षी चिरकालिजलगायत अन्य जीवजन्तु पाइएका छन् । स्थानीय जनता, सरकार र सरोकारवालाले जाजरकोटको जैविक विविधता, यहाँ भेटिएका विश्वकै दुर्लभ पक्षी, जनावर बचाउन तथा यसको वृद्धि गरेर विश्वलाई नै सन्देश दिन सकिने पक्षी, जनावरको खोजी तथा संरक्षणकर्ता सिंहले बताउनुभयो । उहाँले सबैको चासो हुने हो भने जाजरकोट महत्वपूर्ण दुर्लभ पक्षी तथा जनावरको पर्यटकीय गन्तव्य बन्न सक्ने बताउनुभयो ।
लोपोन्मुख पक्षी तथा जनावरको संरक्षणका लागि जाजरकोटका स्थानीय तहले खासै पहल नगरेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयले बारेकोट गाउँपालिका, नलगाड नगरपालिका र कुशे गाउँपालिकालाई विशेष संरक्षित क्षेत्र घोषणा गर्न अध्ययन कार्य पूरा गरेको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस