प्यूठानमा विपन्न परिवारका लागि एकीकृत बस्ती
प्यूठानमा विपन्न परिवारका लागि एकीकृत बस्ती निर्माण गरिएको छ । नौवहिनी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विपन्न परिवारको आवासका लागि बस्ती निर्माण गरेको हो । वडा नं ५ स्थित गाबैमा बस्ती निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शिवराज रिजालले बताउनुभयो ।
गाउँपालिकाले विपन्न परिवार बढी भएको गाउँलाई छनोट गरी बस्ती निर्माण गरेको हो । रु ५० लाख लगानीमा एकीकृत बस्ती निर्माण गरिएको हो । त्यस्तै गाउँपालिकाबाट रु ७६ लाखभन्दा बढी खर्च भएको र स्थानीयको समेत जनश्रमदान रहेको अध्यक्ष रिजालले जानकारी दिनुभयो । एउटा घर बराबर रु पाँच लाख खर्च भएको रिजाल बताउनुहुन्छ ।
अबको एक महिनाभित्रमा लक्षित समुदायलाई घर हस्तान्तरण गरिने गाउँपालिकाका योजना शाखा प्रमुख अरविन्द वर्माले बताउनुभयो । बस्तीमा दुई कोठे घरसँगै शौचालय पनि निर्माण गरिएको छ ।
गाबैमा निर्माण गरिएका घर पाउनेमा १५ दलित परिवार र एक जनजाति परिवार रहेका गाउँपालिका अध्यक्ष रिजालले बताउनुभयो । स्थानीय यमबहादुर विकले दिएको आठ रोपनी जग्गामा १६ घर निर्माण गरिएको हो ।
गाबैमा २२ विपन्न परिवार रहेका छन् । त्यसमध्ये १६ परिवारका लागि घर निर्माणकार्य अन्तिम चरणमा पुगेको र अन्य घरसमेत चालू आर्थिक वर्षमा बनाउने योजनामा रहेको अध्यक्ष रिजालले बताउनुभयो ।
तल पहिरो माथि घर भई पहिराको उच्च जोखिममा रहेका दलितत परिवारका लागि नयाँ घर गाउँपालिकाले निर्माण गरिदिएपछि लक्षित परिवार खुशी भएका एकीकृत बस्ती निर्माण उपभोक्ता समितिका अध्यक्ष्य यमबहादुर थापाले बताउनुभयो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस