प्यूठानमा विपन्न परिवारका लागि एकीकृत बस्ती

प्यूठानमा विपन्न परिवारका लागि एकीकृत बस्ती निर्माण गरिएको छ । नौवहिनी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विपन्न परिवारको आवासका लागि बस्ती निर्माण गरेको हो । वडा नं ५ स्थित गाबैमा बस्ती निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शिवराज रिजालले बताउनुभयो ।
गाउँपालिकाले विपन्न परिवार बढी भएको गाउँलाई छनोट गरी बस्ती निर्माण गरेको हो । रु ५० लाख लगानीमा एकीकृत बस्ती निर्माण गरिएको हो । त्यस्तै गाउँपालिकाबाट रु ७६ लाखभन्दा बढी खर्च भएको र स्थानीयको समेत जनश्रमदान रहेको अध्यक्ष रिजालले जानकारी दिनुभयो । एउटा घर बराबर रु पाँच लाख खर्च भएको रिजाल बताउनुहुन्छ ।
अबको एक महिनाभित्रमा लक्षित समुदायलाई घर हस्तान्तरण गरिने गाउँपालिकाका योजना शाखा प्रमुख अरविन्द वर्माले बताउनुभयो । बस्तीमा दुई कोठे घरसँगै शौचालय पनि निर्माण गरिएको छ ।
गाबैमा निर्माण गरिएका घर पाउनेमा १५ दलित परिवार र एक जनजाति परिवार रहेका गाउँपालिका अध्यक्ष रिजालले बताउनुभयो । स्थानीय यमबहादुर विकले दिएको आठ रोपनी जग्गामा १६ घर निर्माण गरिएको हो ।
गाबैमा २२ विपन्न परिवार रहेका छन् । त्यसमध्ये १६ परिवारका लागि घर निर्माणकार्य अन्तिम चरणमा पुगेको र अन्य घरसमेत चालू आर्थिक वर्षमा बनाउने योजनामा रहेको अध्यक्ष रिजालले बताउनुभयो ।
तल पहिरो माथि घर भई पहिराको उच्च जोखिममा रहेका दलितत परिवारका लागि नयाँ घर गाउँपालिकाले निर्माण गरिदिएपछि लक्षित परिवार खुशी भएका एकीकृत बस्ती निर्माण उपभोक्ता समितिका अध्यक्ष्य यमबहादुर थापाले बताउनुभयो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस