पाँचसय सार्वजनिक सवारी साधनमा ‘डस्बिन’
संस्कार समाज नेपालले सार्वजनिक सवारी साधनबाट हुने फोहरलाई नियन्त्रण गर्न ५०० ‘डस्बिन’ वितरण गरेको छ । ‘असल संस्कार सिकौँ÷सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नारा बोकेको समाजले घान्द्रुक समाज हङ्कङको सहकार्यमा आज नयाँ बसपार्कबाट उपत्यकाका विभिन्न जिल्लामा आवतजावत गर्ने सार्वजनिक सवारी साधनलाई ‘डस्बिन’ वितरण गरेको हो ।
समाजका अध्यक्ष पशुपति गुरुङ समाज र देशको विकासका लागि असल संस्कार आवश्यक रहेको बताउनुहुन्छ । “व्यक्ति व्यक्तिमा असल संस्कारको विकास भएमात्र देशको विकास हुन्छ”, उहाँ भन्नुहुन्छ । संस्कार समाजले यसभन्दा अगाडि नयाँ बसपार्कबाट देशका विभिन्न क्षेत्रमा आवतजावत गर्ने एक हजार सार्वजनिक सवारी साधनलाई जनचेतनामूलक अडियोसहितका पेनड्राइभ वितरण गरेको थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला सार्वजनिक सवारी साधनलाई सफा राख्नुपर्ने बताउनुहुन्छ । “लाखौँ व्यक्ति सार्वजनिक सवारी साधन चढ्ने भएकाले यसलाई सफा राख्नु सबैको दायित्व हो”, उहाँ भन्नुहुन्छ ।
घान्द्रुक समाज हङ्कङका प्रतिनिधि विशु सम ‘समृद्ध नेपाल’ निर्माणका लागि समाजले सहयोग गरेको बताउनुहुन्छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुद्देश्यीय प्रालीका अध्यक्ष दीपक कुँवरले फोहररहित नयाँ बसपार्क निर्माणका लागि संस्कार समाज नेपालले डस्बिन वितरण गरेर राम्रो कामको थालनी गरेको बताउनुभयो । विसं २०७४ मा स्थापना भएको समाजले सरसफाइका साथै जनचेतनामूलक र सामाजिक काम गर्दै आइरहेको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस