बारम्बार पिसाब लाग्छ भने सचेत हुनुहोस्
धेरै मानिसलाई अस्वभाविक रुपले बारम्बार पिसाब लागि लाग्ने गर्दछ। यदि यसरी पिसाब लाग्यो भने यसलाई सामान्य रुपमा लिनुहुँदैन।
बारम्बार पिसाब लाग्नुका धेरै कारणहरु हुन्छन्। मूत्राशय (ब्लाडर) र मिर्गौलामा पत्थरी हुँदा पनि असामान्य ढंगले पिसाब लाग्ने समस्या देखिन्छ।
यदि २४ घन्टामा ६ वा ७ भन्दा बढी पटक पिसाब लाग्छ भने सचेत हुन जरुरी हुन्छ। कुनै न कुनै स्वास्थ्य समस्या नभई यस्तो अवस्था आउदैन। यस्तो समस्यालाई मेडिकल विज्ञानको भाषामा ‘फ्रिक्वेन्ट युरिनेसन’ भनिन्छ।
पुरुषमा प्रोस्टेट बढ्दा पनि पटक–पटक पिसाब लाग्ने समस्या हुन्छ। यस्तो समस्याले मानिसको दैनिकीमै समस्या निम्त्याउँछ।
कतिपयमा दैनिक तीन लिटरभन्दा बढी पिसाब जाने गर्छ। यस्तो समस्यालाई भने नियमित व्यायाम गरी निको पार्न सकिने अध्ययनहरुले देखाएका छन्।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस