• जीवनशैली | Jiwanshaili
  • महिलाले करियर नबिगारी बच्चा हुर्काउन अपनाउन सकिने ५ उपाय


    महिला र पुरुष बराबर भनिन्छ । तर एक कुरामा यी दुई कहिले समान हुँदैनन् । त्यो हो महिला गर्भवती हुन्छन् र पुरुष हुदैनन् । महत्वाकांक्षी र क्यारियरमा केन्द्रित रहने महिलाहरूको लागि यस सत्यताले सधैं प्रश्नहरूको एक लामो श्रृंखला र दुबिधा पैदा गर्छ ।

    के म गर्भवती हुनै पर्छ? यदि पर्छ नै भने कहिले? म कसरी कामकाजी र आमा बनिरहन सक्छु? के म कहिल्यै काम र परिवार बीच सन्तुलन कायम गर्न सफल हुँला ?

    बाल¬–बच्चाको हेरचाह परिवारको साझा दायित्व हो । तर, गर्भधारण केवल एक व्यक्तिले गर्न सक्छ, आमाले । बच्चा जन्मेपछि धेरै आमाको क्यारियरमा आंशिक वा अस्थायी रूपमा रोक लाग्छ । कामकाजी जीवन र पारिवारिक दायित्वलाई कायम राख्न अझ बढी जटिल हुन्छ ।

    बच्चा र कामलाई साथ–साथै कसरी अघि बढाउन सकिन्छ भन्ने यहाँ पाँचवटा उपायहरु सुझाइएका छन् । तपाईँलाई पनि काम लाग्न सक्छ ।

    १. आफ्नो कुरा स्प्रष्ट राख्ने

    यस्तो अवस्थामा आफ्नो सहकर्मी तथा हाकिमलाई तपाईँ प्रति दया र सहानुभुतिको भावना जागेको हुन्छ । त्यसैले उनीहरु तपार्इँलाई सकभर सहज वातावरण दिन चाहन्छन् । तपाईँलाई लागेको हुन सक्छ उनीहरुले तपाईको चाहना स्वतः बुझुन् । तर उनीहरुको बुझाई तपाईँको चाहना भन्दा फरक हुन सक्छ । उनीहरुले सोचेकै नहुन सक्छ कि तपाई यस्तो अवस्थामा पनि आफ्नो काममा दत्तचित्त भएर लाग्न चाहनुहुन्छ भनेर । त्यसैले सहकर्मीहरुबाट आफ्नो आप्mनो अपेक्षा र आफुले चाहेको कुरा स्पस्ट राख्नुहोस् । सहयोग पाइने सम्भावना पक्कै हुन्छ ।

    २. सम्पर्कमा रहीरहने

    नवजात शिशुका आमाह स्वतः व्यस्त हुन्छन् । नयाँ आमाहरुलाई नयाँ जिम्मेवारी बहन गर्न कार्यलयले पनि केहि समय छुट्टी दिएको हुन्छ । कार्यालयले तपाईको व्यस्ततालाई बुझेर कार्यालयका विभिन्न कार्यक्रमको जानकारी तपाईँलाई दिन छुटाएको हुनसक्छ । त्यस्तो जनाकारी नपाउँदा तपाईलाई पछि कार्यालय गएपछि काम गर्न गह्रो हुनसक्छ । तपाईँ आफै कार्यालयसँग सम्पर्कमा रहीरहनु भयो भने महत्वपूर्ण जनकारीहरु छुट्नबाट बच्न सकिन्छ । यसरी लगातार कामको जानकारी लिन खोजिरहे तपाईँको कामप्रतिको लगनशीलता र जिम्मेवारीपनि देखिन्छ ।

    ३. आफ्नो समयलाई महत्व दिनुहोस्

    समय सबैको सिमीत हुन्छ । एकै समयमा तपाईँ सबै ठाँउ पुग्न सक्नुहँुदैन । बच्चाको विकासमा आमाको साथ आवस्यक हुन्छ । समय बचाउनको लागि केही काम अरुलाई लागाउन सकिन्छ जस्तै– लुगा धुने र घरको सरसफाई गर्ने । यसरी तपाई आफ्नो महत्वपूर्ण समयलाई ज्यादा उत्पादक काममा खर्च गर्नुसक्नुहुनेछ ।

    ४.उपलब्धिहरुको रेकर्ड राख्नुहोस्

    गर्भावस्थाको भेदभाव जोकोहीले महशुस गर्नसक्छन् । त्यसैले गर्भाअवस्थामा कामा रहेका महिलाहरुले आफ्नो सफलताको रेकर्ड राख्नु पर्छ । हरेक हप्ताको अन्तिममा १५ मिनेट सफलताहरुको अभिलेख गर्न समय दिनुहोस् । तपाईको कामको प्रशंसानीय कुराकानीहरू लेख्नुहोस् । जब तपाईंको कामको समीक्षाका लागि प्रबन्धकसँग भेट्ने समय आउँदछ त्यस समय तपाईंसँग आफ्नो राम्रा प्रत्येक काम गरेको विस्तृत सूची हुन्छ । यसले तपाईलाई ग्लानी हुँदैन । आफुले केही गर्न सकेको छैनकी भन्ने महशुस हुँदैन । तपाईलाई थप काम गर्ने प्रेरणा प्राप्त हुन्छ ।

    ५. बच्चा हेरबिचार र क्यारियरबारे सोच्ने धारणमा केही फरक ल्याउनुस्

    बच्चालाई स्याहार्दै कार्य क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउनु मुश्किल हुन्छ । यसैकारण धेरै महिलाले काम छोड्छन् । यदि तपाईं कामको आनन्द लिने र कामलाई मन पराउने व्यक्ति हुनुहुन्छ तर बच्चाको स्याहारको लागी २–४ बर्ष पुरै समय बच्चा सँगै रहीरहन पनि चाहनु हुन्छ भने त्यसको त्यो धेरै सम्भव हुँदैन । बच्चाको विकासको लागी पूर्ण समय घरमा बस्नु समाजमा आदरणीय हुनसक्छ । त्यसले तपाई र तपाईको बच्चाको सम्बन्ध पनि सुमधुर हुनसक्छ । तर यदि तपाईं कममा धेरै रुची राख्नुु हुन्छ भने आफ्नो करियरमा लाग्दा तपाईलाई ज्यादा खुसी हुनसक्छ । त्यसैले दुवैलाई समान समय दिने र दुवैलाई बराबर गर्ने भन्ने सोच छोड्नुहोस् । तपाईले एउटा कुरालाई बढी प्राथमिकतामा राख्नै पर्छ । त्यो तपाईको बच्चा पनि हुन सक्छ वा तपाईको करियर पनि हुनसक्छ । एउटा कुरालाई प्राथमिकतामा राखे अर्को कुरापनि सहजै मिलाउन सकिन्छ ।

    तर एउटा कुरामा मात्र बढी ध्यान दिँदा अर्को विग्रन सक्छ । सबै छोडेर एकातिर लाग्ने पनि होइन ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस