महायज्ञमा डेढ करोड दान सङ्कलन
रामपुर, २२ फागुन – यहाँ सञ्चालन भएको श्रीमद्भागवत नवाह ज्ञान महायज्ञमा करिब डेढ करोड रुपैयाँ बराबरको दान सङ्कलन भएको छ। गौशालाको दिगो सञ्चालन तथा प्रस्तावित धर्मशाला निर्माण सहयोगार्थ सञ्चालन भएको महायज्ञमा नगद तथा भूमिदान गरी एक करोड ४७ लाख ४७ हजार ८ सय २९ रुपैयाँ बराबर दान सङ्कलन भएको मूल आयोजक समितिले जनाएको छ।
यही फागुन १२ देखि २० गतेसम्म सञ्चालन भएको महायज्ञको अन्तिम दिन मात्रै ३१ लाख ९१ हजार ८ सय २७ रुपैयाँ दान सङ्कलन भएको श्रीमद्भागवत महापुराण नवाह ज्ञान महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हुमनाथ न्यौपानेले बताए। उनले यज्ञ सफल बनाउनका लागि निरन्तर खट्ने व्यक्तित्वलाई धन्यवाद दिएका छन्।
गाई संरक्षण तथा धर्मशाला निर्माण सहयोगार्थका सम्पन्न सो महायज्ञ यहाँ हुने अन्य महायज्ञभन्दा फरक शैलीमा भएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले जानकारी दिए। यज्ञमा धार्मिक अध्येता युवा पण्डित नारायणप्रसाद न्यौपाने कथावाचन गरेका थिए। गौशाला निर्माण गरी गाईको व्यवस्थापन गरेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए।
वडा नं ६ को कार्यालय परिसरमा गत साउनबाट यता अस्थायी टहरा बनाएर व्यवस्थापन गरिएको थियो। गौशालाको संरचना तयार भएपछि फागुनको पहिलो हप्तादेखि गौशाला परिसरमा गाईहरू बाँध्न थालिएको छ।रासस
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस