के हो जोड्नीको दुखाई ?

सामान्य भाषामा गठियालाई जोड्नीको दुखाइै भन्ने गरिन्छ। जोड्नी दुख्ने समस्या वृद्धवृद्धालाई मात्र नभएर बालबालिकामा समेत देखिने गर्छ। बच्चा र किशोर अवस्थामा हुने जोड्नी सम्बन्धिको समस्यालाई ‘जुवेनाइल आइडियोपेथिक आर्थराइटिस’ भनिन्छ।
आइडियोपेथिक भन्नाले एक खास अवस्थाको अज्ञात कारण हो । जब बच्चाको इम्युनि सिस्टम कुनै कारणले खराब हुन्छ, त्यसको परिणामस्वरुप यो समस्या हुनेगर्छ । यो स्वत: प्रतिरोध रोग हो ।
यसको मतलब ह्वाइट ब्लड सेलले आफ्नो शरीरलाई लक्षित गर्न सुरु गर्छ । अझै पनि यसको सही कारण भने स्पष्ट हुन सकेको छैन । तर यसको प्रमुख कारण वंशाणुगत हो भन्ने विश्वास गरिन्छ । यस किसिमको रोग पूर्वजबाट पनि सर्न सक्छ । अन्य रुपमा पौष्टिक आहारको अभाव र प्रदूषणका कारण पनि यो समस्या देखिन सक्छ । यस बारेमा निश्चित रुपमा भने चिकित्सकले पनि खुलाउन सकेका छैनन् ।
सुरुका दिनमा जोड्नीमा बढी दुखाइ महशुस हुन्छ। समयमै उपचार नगर्ने हो भने यसले आँखा, छाला, मुटु, फोक्सो र कलेजोमा पनि असर गर्छ। बच्चामा यस्तो समस्या देखिएमा हड्डीको विकास राम्रोसँग हुन सक्दैन्। यो रोगले विशोषगरी उमेर ढल्किदै गएपछि गम्भीर असर देखाउन सुरु गर्छ । तर सामान्यतय धेरैलाई लाग्ने रुमाटोइड ‘आर्थराइटस’ अर्थात् बाथ रोग प्राय २५ देखि ५० वर्षबीचका मानिसलाई लाग्ने गर्छ।
अमेरिकामा यो रोगले ४ करोड २० लाख मानिस पीडित हुन्छन् । यो रोग लागेको ६ जनामा १ को अंगभंग हुने गर्छ । विश्व स्वास्थ्य संगठनको सर्वेक्षण अनुसार चीन, चीलि, इन्डोनेसिया, थायल्यान्ड, पाकिस्तान, ब्राजिल, फिलिपिन्स, मेक्सिको जस्ता देशहरुमा जोर्नीशोध मुख्य समस्याको रुपमा विकास भएको छ।
बेलायतमा पनि ८० लाखमध्ये १२ लाख यसको पीडित ४५ वर्षभन्दा कम उमेरका छन् । जसमध्ये १४ हजार ५ सय केटाकेटी मात्र छन् । ‘अमेरिकन कलेज अफ रुमेटोलिजी’ले प्रकाशित गरेको आर्थराइटिस केयर एन्ड रिसर्च जेनरलका अनुसार यस रोगको आजसम्म स्थायी उपचार सम्भव भएको छैन । तर युवा अवस्थामा विशेष ध्यान दिने हो भने स्वस्थ जीवनशैली बिताउन सकिन्छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस