नमूना जनगणना गरिने

आगामी चैत ९ देखि २३ गतेसम्म दार्चुलाका ६६४ घरधुरीमा नमूना जनगणना गरिने भएको छ । त्यसका लागि दार्चुलाका तीन स्थानीय तहका चार वटा वडामा गरिने छ । तथ्याङ्क कार्यालय दार्चुलाका कार्यालय प्रमुख पदमराज पाण्डेका अनुसार महाकाली नगरपालिकाको वडा नं २ का १६१ र वडा नं ९ को २०५ घरधुरीमा नमूना गणना गरिनेछ ।
लेकम गाउँपालिकाको वडा नं ६ का १६५ तथा अपी हिमाल गाउँपालिकाको वडा नं ६ को १३३ घरधुरीमा नमूना जनगणना गरिने पाण्डेले जानकारी दिनुभयो । जनगणनामा पूरै वडा समेटिएको छैन । वडाभित्रका गणना क्षेत्र तोकेर नमूना जनगणना गर्न लागिएको कार्यालय प्रमुख पाण्डेको भनाइ थियो । सरकारले आगामी २०७८ जेठ २५ दखि असार ८ गतेसम्म देशभर जनगणना गर्दैछ ।
‘मेरो गणना, मेरो सहभागिता’ नारासहित हुन गइरहेको जनगणनालाई आधार मानी नमूनाका रुपमा अहिले तयारी थालिएको उहाँले बताउनुभयो । जनगणनाका लागि जिल्लामा चार जना गणक छनोट गरी तालीममा सहभागी गराइएको छ । नमूना जनगणना हरेक प्रदेशबाट २ जिल्लामा गरिँदैछ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस