• जीवनशैली | Jiwanshaili
  • जुन उमेरमा पनि हुनसक्छ स्तन क्यान्सर, यसरी पत्ता लगाउनुहोस्


    क्यान्सर एउटा त्यस्तो रोग हो जुन अहिले विश्वमा फैलिइसकेको छ। स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ। स्तनमा गिर्खाहरू आए पनि रोग लुकाउने प्रवृत्ति व्याप्त छ। लाज तथा संकोचका कारण अधिकांश महिलाहरू स्तन परीक्षण गराउन अस्पताल जाँदैनन् र अन्तिम अवस्थामा स्वास्थ्य सेवा खोज्छन्।

    अध्ययनले पत्ता लगाएअनुसार स्तन क्यान्सर जुन उमेरमा पनि हुन सक्ने सम्भावना देखिएको छ।यदि परिवारमा कसैलाई पहिले स्तन क्यान्सर भएको छ भने सतर्क हुनुपर्छ। जुन महिलाहरुमा वंशाणुगत समस्याहरु देखिएका हुन्छन्, उनीहरुले पनि ख्याल गर्नुपर्ने हुन्छ।

    स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा कुनै पनि लक्षणहरू देखिँदैनन्। क्यान्सर बढ्दै गएपछि विभन्न लक्षणहरू देखा पर्छन् :

    • स्तन वा पाखुरामुनि गिर्खा हुनु, गिर्खा कडा, अनियमित तथा नदुख्ने प्रकृतिको हुनु।
    • स्तन वा स्तनको मुन्टोको आकार(प्रकार परविर्तन हुनु। जस्तै( रातोपना, चाउरिएजस्तो, सुन्तला रङको, मुन्टो स्तनतिर फर्किएको, मुन्टो वरपिरकिो छालामा कत्ला निस्केको वा सुन्निएको।
    • स्तनबाट दूधबाहेकको तरल पदार्थ जस्तै( रातो, सफा वा पहेँलो, हरियो अथवा पीपजस्तो आउनु।
    • स्तनको मुन्टो दुख्नु।
    • स्तनमा निको नहुने घाउ हुनु।
    • गम्भीर अवस्थामा हाड दुख्नु, स्तन दुख्नु, स्तनमा घाउ आउनु, पाखुरा सुन्निनु, वजन घट्नु।
    • सबै गिर्खाहरू क्यान्सर होइनन्। दसमा आठ गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन्।

    स्तन क्यान्सर समयमा नै पहिचान गर्न सक्ने हो भने यसको उपचार पनि सम्भव छ। तर यसको उपचार सुरुवाती स्टेजमा नै गर्नुपर्छ।


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार