कोरोनाको शंका लागेमा नडराउनुहोस्, १११५ मा परामर्श लिनुहोस्
काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको संक्रमणको सन्त्रास जताततै छ । समान्य रुघा–खोकीलाई पनि भाइरसको शंका मान्नेर डराईरहेका हुनसक्छौँ । तर रुघाखोकी र ज्वरोसँगै छाती दुखेमा कोरोना भाइरसको संक्रमण भएको पनि हुनसक्छ । अब भने टेलिफोनबाट नै तपाईले परामर्श लिन सक्नुहुन्छ ।
कोरोना (कोभिड–१९) भाइरसको संक्रमणको शंका लगेमा तपाईले अब तुरुन्त १११५ नम्बरमा फोन गर्न सक्नुहुन्छ । शुक्रबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गन इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले परामर्शका लागि टेलिफोन नम्बरको व्यवस्था गरेको हो । १११५ मा टेलिफोन गरेपछि तपाईले परामर्श समेत लिन सक्नुहुन्छ । त्यस्तै, टोल फ्रि नम्बर १६६००१९७००० समेत फोन गरेर यो संक्रमणबारे परार्मश लिन सकिन्छ ।
कोरोना (कोभिड–१९)भाइरस संक्रमणबारे जानकारी दिनका लागि शुक्रबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले जनाएको छ ।
कल सेन्टरमा ११ जना कर्मचारीलाई तालिम दिएको समेत दिएको महाशाखाले जनाएको छ । कोरोना महामारी फैलिएको खण्डमा त्यसको भाइरस संक्रमणबाट कसरी जोगिने, कुन–कुन अस्पताल जाने आदि विषयमा त्यहाँबाट परार्मश पाइनेछ ।
क्याटेगोरी : कोरोना अपडेट, स्वास्थ्य शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक


प्रतिक्रिया दिनुहोस