ललितपुरमा स्यानिटाइजर बनाउन सिकाइने
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का वैज्ञानिकले आफ्नो कार्यकक्षमा स्वास्थ्यवद्र्धक तालीम सञ्चालन गर्ने भएका छन् । चीनबाट फैलिएको ‘कोभिड–१९’ को सङ्क्रमण नेपालमा फैलिन नदिने उद्देश्यका साथ हात धुने स्यानिटाइजर बनाउन लागिएको हो ।
नाष्टले माहानगरको २९ वडाका एक–एकजना मानिसलाई एक वा दुई दिनको उक्त तालीम दिने भएको छ । नाष्टबाट तालीम लिएकाले आ–आफ्ना वडामा गई अन्यलाई स्यानिटाइजर निर्माण गर्न सिकाउने छन् । यदी मुलुकमा कोरोना भित्रियो भने त्यसको असर मानिसमा पर्न नदिन पूर्व सावधानी अपनाउन लागिएको र बजारमा अभाव भइरहेको स्यानिटाइजर छिट्टै सहज बनाउन नाष्ट र लपु महानगरपालिकाबीच यस सम्बन्धी सहकार्य पनि भइसकेको छ ।
तालीममा स्थानीय बस्तुको प्रयोग गरी स्यानिटाइजर निर्माण गर्न सिकाइने नाष्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा सुरेशकुमार ढुङ्गेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुरुप उक्त स्यानिटाइजर निर्माण गर्न सिकाउने छौँ । बजारमा पाइने स्यानिटाइजरले जीवाणु (ब्याकटेरिया) कम गर्छ भने हामीले निर्माण गर्ने स्यानिटाइजरले सजिलै सुक्ष्मजीवाणु (भाइरस) कम गर्नेछ ।” नाष्टबाट उत्पादित स्यानिटाइजर बजारमा पाइनेभन्दा फरक हुने ढुङ्गेलले बताउनुभयो ।
मानिसमा दिनानुदिन बढ्दै गएको कोरोनाको त्रास हटाउन स्थानीय सामग्रीबाट स्यानिटाइजर निर्माण गर्न सकिन्छ भन्ने चेतना फैलाउन र जानकारी प्रवाह गर्न आवश्यक रहेको नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा सजनलाल स्याउलाको भनाइ छ । उहाँले भन्नुभयो, “अब हामी छिट्टै तालीम सञ्चालन गर्छौँ । तालीममा स्थानीय रक्सी (तीनपाने रक्सी)लगायत अन्य रसायन (केमिकल) प्रयोग गरेर निर्माण गर्ने विधि सिकाइने छ । हामीले निर्माण गरेको स्यानिटाइजर प्रयोग गरेको छदेखि आठ सेकेण्डमा यसले काम गर्छ ।” ललितपुरमै स्यानिटाइजरको उत्पादन शुरु भएसँगै बजारमा यसको अभाव महसुस गर्नुनपर्ने स्याउलाको मत छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस