भाइरल ज्वरोबाट बच्न घरेलु उपाय
भाइरल ज्वरो वा भाइरल फ्लु भनिने संक्रमणका कारण चिसो बढेसँगै बिरामीको संख्या बढेको देखिन्छ। भाइरल ज्वरोका कारण अस्पतालमा बिरामीको संख्या पनि बढिरहेको हुन्छ।
भाइरल ज्वरोका केही लक्षण :
घाँटीमा दुखाइ
मांसपेशीहरु दुख्नु
घाँटी खसखसाइरहनु
आँखा पोलिरहेको जस्तो अनुभव हुनु
थकाइ महसुस हुनु
शरीरको तापक्रम निकै धेरै हुनु
कसरी बच्ने ?
सरसफाइमा ध्यान दिने
खोक्दा वा आच्छ्युँ गर्दा रुमालले मुख ढाक्ने
खाना अघि राम्रोसँग हात धुने बानी बसाल्ने
उमालेको पानी पिउने
भाइरल ज्वरोबाट राहत पाउनका लागि केही घरेलु उपाय ।
धेरै पानी पिउनुहोस्ः
भाइरल ज्वरो आउँदा धेरै पानी पिउनु पर्छ। ज्वरो सँगसँगै पखाला पनि लागेको छ भने जीवनजल जस्ता पेय पदार्थको सेवन गर्नु पर्छ।
कागतीको प्रयोगः
कागतीलाई बीचबाट काटेर पैतालामा दल्दा पनि ज्वरोबाट आराम मिल्छ। कागतीको टुक्रा मोजामा हालेर रातभर खुट्टामा लगाएर सुत्दा पनि यसले ज्वरो ठिक पार्छ।
लसुनः
लसुनको टुक्राहरुले पनि हामीलाई ज्वरोबाट बच्न सहयोग गर्छ। लसुनमा बेसार मोलेर खाँदा पनि हुन्छ वा यत्तिकै दैनिक दुई पोटी लसुन खाँदा धेरै फाइदा पुग्छ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस