भाइरल ज्वरोबाट बच्न घरेलु उपाय

भाइरल ज्वरो वा भाइरल फ्लु भनिने संक्रमणका कारण चिसो बढेसँगै बिरामीको संख्या बढेको देखिन्छ। भाइरल ज्वरोका कारण अस्पतालमा बिरामीको संख्या पनि बढिरहेको हुन्छ।
भाइरल ज्वरोका केही लक्षण :
घाँटीमा दुखाइ
मांसपेशीहरु दुख्नु
घाँटी खसखसाइरहनु
आँखा पोलिरहेको जस्तो अनुभव हुनु
थकाइ महसुस हुनु
शरीरको तापक्रम निकै धेरै हुनु
कसरी बच्ने ?
सरसफाइमा ध्यान दिने
खोक्दा वा आच्छ्युँ गर्दा रुमालले मुख ढाक्ने
खाना अघि राम्रोसँग हात धुने बानी बसाल्ने
उमालेको पानी पिउने
भाइरल ज्वरोबाट राहत पाउनका लागि केही घरेलु उपाय ।
धेरै पानी पिउनुहोस्ः
भाइरल ज्वरो आउँदा धेरै पानी पिउनु पर्छ। ज्वरो सँगसँगै पखाला पनि लागेको छ भने जीवनजल जस्ता पेय पदार्थको सेवन गर्नु पर्छ।
कागतीको प्रयोगः
कागतीलाई बीचबाट काटेर पैतालामा दल्दा पनि ज्वरोबाट आराम मिल्छ। कागतीको टुक्रा मोजामा हालेर रातभर खुट्टामा लगाएर सुत्दा पनि यसले ज्वरो ठिक पार्छ।
लसुनः
लसुनको टुक्राहरुले पनि हामीलाई ज्वरोबाट बच्न सहयोग गर्छ। लसुनमा बेसार मोलेर खाँदा पनि हुन्छ वा यत्तिकै दैनिक दुई पोटी लसुन खाँदा धेरै फाइदा पुग्छ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस