यसरी हटाउनुहोस् डार्क सर्कल
एजेन्सी २,चैत – निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा डार्क सर्कल अर्थात् कालो घेरा देखा पर्न जान्छ। जसले मानिसको सौन्दर्यमै ह्रास ल्याइदिने गर्छ। केही खानेकुराको सेवनबाट डार्क सर्कलबाट बच्न सकिन्छ। विशेषगरी, भिटामिनको कमीले आँखा वरिपरि डार्क सर्कल देखा पर्ने गर्छ।
* भिटामिन ‘ए’युक्त खानेकुरा जस्तै– फर्सी, पाकेको मेवा, गाँजर, आँप, हरियो सागपात आदि खानुपर्छ। जसले छालाको रिपेयरिङ र टाइटानिङमा मद्दत गर्छ।
* भिटामिन ‘सी’ले दिमागमा सेराटोनिन नामक रसायन उत्पादन गर्दछ। जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ। र, डार्क सर्कल बिस्तारै हट्दै जान्छ।
* अंगुर, ब्लुबेरी, बन्दाकोबी, केराउ आदि जस्ता भिटामिन ‘के’युक्त खानेकुराको सेवनले डार्क सर्कल कम गर्छ।
* आँखावरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा पनि कालो घेरा कम हुँदै जान्छ।
* कागती र टमाटरको प्याक बनाएर लगाउँदा डार्क सर्कल हटेर जान्छ। जसलाई १० देखि १५ मिनेटसम्म राख्ने र पछि धुन सकिन्छ।
* सुत्नुअघि मनतातो पानीमा बेकिङ सोडा लगाएर धुने गर्नाले पनि डार्क सर्कल क्रमशः हराएर जान्छ।
* भिटामिन ‘ई’ क्याप्सुल र बदामको तेल मिलाएर लगाएमा समेत डार्क सर्कलबाट राहत पाउन सकिन्छ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस