के तपाईको दिउँसै सपना देख्ने बानी छ ? यस्ता छन् फाइदा

एजेन्सी- दिउँसो सपना देख्ने व्यक्तिको सोच्ने शक्ति, कल्पना शक्ति बढ्छ। जति पनि नयाँ आविष्कार, जन्मिन्छन्, ति सबै नयाँ सोच र कल्पना शक्तिबाट जन्मिन्छन्। दिउँसो सपना देख्दा व्याक्तिले त्यही देख्छ, जसमा उसले रूचि राख्छ, जसमा उसको मन जान्छ।
त्यसैले आफ्नो रूचि थाहा पाउन र करियर छनोट गर्न मद्दत पुग्छ। तिनै सपनाले गर्दा मासिन केही गर्न उत्प्रेरित भइरहेको हुन्छ। जब कल्पना गर्दै मानिसले सपना देख्न थाल्छ तब उसमा सिर्जनात्मक क्षमता बढ्छ। उसको दिमागमा नयाँ नयाँ कुरा आउन थाल्छन्।
यदि यो सिर्जनात्मक क्षमतालाई सदुपयोग गर्न सक्यो भने त्यही दिउँसो सपना देख्ने बानीले उसको परिचय बनाइदिन सक्छ। दिउँसो सपना देख्ने बानीले व्याक्तिले त्यसमा आफ्नो लक्ष्य खोज्छ र भेट्छ पनि। र, त्यही आधारमा उसले आफ्ना भावी योजनाहरू समेत बनाउन थाल्छ।
यसले गर्दा दिउँसो सपना देख्ने बानी मार्ग निर्देशन पनि बन्न सक्छ। एकोहोरो बानीले अनावश्यक तनाव बढ्न सक्छ। तर, दिउँसो सपना देख्ने व्यक्ति ति तनावबाट केही समय भए पनि टाढा बस्छ। नयाँ सोच र सपनाले गर्दा उसको दिमाग ताजा, उर्जाशिल र सकरात्मक रहि रहन्छ। जिवनप्रति सधैं आशावादी रहन्छ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस