राउटेलाई भत्ता
‘आफूलाई जङ्गलका राजा’ ठान्ने एक मात्र घुमन्ते जाति राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । पश्चिम नेपालमा विभिन्न जङ्गलमा बस्दै आएका राउटे समुदायलाई शनिबार दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वली र वडा नं ८ का अध्यक्ष पूर्णबहादुर ओलीले भत्ता वितरण गर्नुभएको हो ।
उनीहरु हाल बस्दै आएको स्थान वीरेन्द्रनगर नगरपालिका–१३ जरबुटामा गई राउटे समुदायका ४६ घरपरिवारलाई भत्ता वितरण गरिएको अध्यक्ष ओलीले बताउनुभयो । “छयालीस घरपरिवारका १५१ जना सदस्यलाई मासिक रु तीन हजारका दरले भत्ता वितरण गरिएको हो”, उहाँले भन्नुभयो, “तीन महिनाको प्रतिव्यक्ति रु नौ हजारका दरले वितरण गरियो ।” समुदायका सबै सदस्यलाई समान तरिकाले भत्ता वितरण गर्ने गरिएको छ ।
राउटे गुराँस गाउँपालिकाको स्थायी बासिन्दा भएकाले उनीहरु जहाँ गए पनि गाउँपालिकाले नै भत्ता वितरण गर्ने गरेको छ । उनीहरुलाई गत वर्ष मात्र गाउँपालिकाले स्थायी परिचयपत्र दिएको थियो । गाउँपालिका–८ मा बस्दै आएका उनीहरु हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ जरबुटामा बस्दै आएका छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस