दैलेखमा लोप हुँदै गएका गिद्ध देखिन थाले

जिल्लाका विभिन्न भूभागमा लोप हुँदै गएका गिद्ध देखिन थालेका छन् । मध्य पहाडमा बासस्थान हुने सुन गिद्ध, घाँटी खुलेका र अन्य सानो प्रजातिका गिद्ध यहाँ पछिल्ला वर्षमा बढ्दै गएको पाइन्छ । विषाक्त औषधि सेवन गरेर मरेका सिनो खाने क्रम बढेसँगै गिद्ध लोप हुँदै गएको छ ।
गिद्धले एकै पटक ३०० किमी आकाशीय दूरीमा उडान भर्न सक्छ । नेपाल पन्छी संरक्षण सङ्घ काठमाडौँको अध्ययनानुसार गिद्धले सिमलको रूख, सल्ला, साललगायत १३ प्रजातिका फरकफरक रूखमा गुँड बनाउने गरेको छ । दैलेखमा पन्छी हेर्ने छुट्टै कार्यालय छैन । गिद्ध विनाशको प्रमुख कारण डाइक्लोफिन्याक विषादी भएको पशुसेवा कार्यालय प्रमुख कपिल उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “डाइक्लोफिन्याक खुवाइएका पशु चौपाया मरेपछि सिनोसँगै गिद्धले समेत सो विषादी खाएका हुन्छन् जसका कारण गिद्धको मिर्गौलामा समस्या हुने भएपछि गिद्ध लोप हुँदै गएको हो ।
दैलेखमा दुल्लु, दैलेख नगरपालिका, महाबु गाउँपालिका आदि ठाउँका सिमल र सल्लाका रूख प्रशस्त मात्रामा पाइने भएकाले पछिल्ला दिनमा गिद्धको सङ्ख्या बढ्दै गएको छ । नेपालमा गिद्ध संरक्षण गर्ने अभियान थालिए पनि सङ्घीयतासँगै स्थानीय सरकारले यसबारे चासो बढाएका छैनन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस