एसइई परीक्षामा सहभागी हुन ८ घण्टाको हिउँको यात्रा
बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन यहाँको दुर्गम बस्तीका बालबालिकाले आठ घण्टा लामो हिउँको यात्रा गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जास्थित जनकल्याण माविका परीक्षार्थीले आफ्नो परीक्षा केन्द्रमा पुग्न हिउँको यात्रा छिचोलेका हुन् ।
हेम मावि सिवाङको परीक्षा केन्द्रमा सहभागी हुनका लागि विद्यालयका २३ विद्यार्थी र शिक्षकसहितको टोली हिउँले ढाकिएको बाटो छिचोलेर आएको विद्यालयका प्रअ रुपेश सुवेदीले जानकारी दिनुभयो । तीन दिनअघि परेको बेमौसमी हिमपातले गुर्जादेखि लुलाङमाथिको जङ्गलसम्म अझै बाक्लो हिउँ रहेको छ । बाक्लो हिउँले बाटो पुरिएको र हिमपातसँगै जङ्गलमा गएको पहिरोका कारण कष्टकर तवरले यात्रा गरी परीक्षा केन्द्रमा आइपुगेको प्रअ सुवेदीले बताउनुभयो ।
परीक्षा केन्द्र रहेको सिवाङ आइपुग्न गुर्जाबाट करीब १० घण्टा बढीको पैदल यात्रा गर्नुपर्छ । गुर्जा जिल्लाको सबैभन्दा विकट गाउँका रूपमा चिनिन्छ । म्याग्दीमा यस वर्ष एसइई परीक्षामा दुई हजार १९७ जनाले सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । परीक्षामा एक हजार ११० छात्रा र एक हजार ८७ छात्र सहभागी हुने एकाइका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस