एसइई परीक्षामा सहभागी हुन ८ घण्टाको हिउँको यात्रा

बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन यहाँको दुर्गम बस्तीका बालबालिकाले आठ घण्टा लामो हिउँको यात्रा गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जास्थित जनकल्याण माविका परीक्षार्थीले आफ्नो परीक्षा केन्द्रमा पुग्न हिउँको यात्रा छिचोलेका हुन् ।
हेम मावि सिवाङको परीक्षा केन्द्रमा सहभागी हुनका लागि विद्यालयका २३ विद्यार्थी र शिक्षकसहितको टोली हिउँले ढाकिएको बाटो छिचोलेर आएको विद्यालयका प्रअ रुपेश सुवेदीले जानकारी दिनुभयो । तीन दिनअघि परेको बेमौसमी हिमपातले गुर्जादेखि लुलाङमाथिको जङ्गलसम्म अझै बाक्लो हिउँ रहेको छ । बाक्लो हिउँले बाटो पुरिएको र हिमपातसँगै जङ्गलमा गएको पहिरोका कारण कष्टकर तवरले यात्रा गरी परीक्षा केन्द्रमा आइपुगेको प्रअ सुवेदीले बताउनुभयो ।
परीक्षा केन्द्र रहेको सिवाङ आइपुग्न गुर्जाबाट करीब १० घण्टा बढीको पैदल यात्रा गर्नुपर्छ । गुर्जा जिल्लाको सबैभन्दा विकट गाउँका रूपमा चिनिन्छ । म्याग्दीमा यस वर्ष एसइई परीक्षामा दुई हजार १९७ जनाले सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । परीक्षामा एक हजार ११० छात्रा र एक हजार ८७ छात्र सहभागी हुने एकाइका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस