कपालमा चाया परेर हैरान हुनुहुन्छ ? यस्तो गर्नुहोस्
चैत ६, २०७६
चाया छला सम्बन्धी एक प्रकारको समस्या हो। चाया मानिसको टाउकोमा मात्र नभइ कतिपयको अनुहार, हात, खुट्टामा पनि पर्ने गरेको देखिन्छ। तर विशेष गरी जाडो महिनामा टाउकोमा बढी हुने गर्दछ। कपालका जराहरू बढी सुख्खा भएपछि त्यहाँ भएका तेलग्रन्थि बढी सक्रिय भएर ‘सेवम्’ नामक तेलीय प्रदार्थको निर्माण गर्दछ। जसको कारणले चायाँ उत्पन्न हुन्छ।
छालारोग विशेषज्ञहरूका अनुसार माडो साजिला यास् नामक जीवाणुको समूहको कारण चाया पर्दछ। चायाका कारण कपाल चिलाउने समस्या समेत हुने गर्दछ। धेरै चिलाउने समस्या भयो भने घाउ समेत बन्ने गर्दछ। साथै कपालको जरा समेत कमजोर हुने गर्दछन्।
चाया आउने समस्यालाई कम गर्न यस्ता उपायहरु अपनाउन सकिन्छ। जसले केही हदसम्म नियतन्त्रण गर्दछ।
चाया हटाउन यी कुराहरु ध्यानदिनुहोस् :
– नियमित कपाल कोर्ने
– जथाभावी स्याम्पु प्रयोग नगर्ने
– अरुले प्रयोग गरेका ब्रस, तकिया, काईयो , सिरानी सकेसम्म प्रयोग नगर्ने
– दिउँसो वाहिर निस्किदा कपाल छोप्ने
– एरोवेलाको रसले कपालको मसाज गर्नुहोस् र एक घण्टापछि चिसो पानीले धुनुहोस्। यसो गर्दा चायाँको समस्या हट्ने गर्दछ
– एक कप दहीमा एउटा कागतीको रस मिसाएर कपालको जरामा मालिस गर्ने । यसको प्रयोगले पनि लाभदायक मानिन्छ
– कपालको सफाइमा पूरा ध्यान दिने
– नुहाउनुभन्दा एक घन्टाअगाडि सधैं कागतीको रसले टाउकोमा मालिस गर्ने । त्यसपछि नुहाउने
यस प्रयोगले पनि चाया हटाउन धेरै मद्दत मिल्छ।
क्याटेगोरी : स्वास्थ्य शैली
प्रतिक्रिया दिनुहोस