बहुगुणकारी बदाम खानुका फाइदा
धेरैजसो मानिस स्वादका लागि बदाम खाने गर्छन्। तर, बदाममा स्वास्थ्यका लागि आवश्यक तत्वहरु लुकेको हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ।
यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ, जुन हाम्रो शारीरिक वृद्धिका लागि अत्यन्त महत्वपूर्ण छ। यदि तपाईंहरू केही कारणले दूध पिउनुहुन्न भने यसको सबैभन्दा राम्रो विकल्प बदाम हुन सक्छ। बदाममा पर्याप्त मात्रामा आइरन र क्याल्सियम पनि पाइन्छ। यसबाहेक यो खानाले शरीरमा तागत बढ्छ। यो भिटामिन ई र भिटामिन बी ६ को पनि राम्रो स्रोत हो।
बदाम खानुको फाइदा :
- बदाम खानाले मुटुसँग सम्बन्धित रोग लाग्ने खतरा कम हुन्छ।
- बदामको नियमित सेवनले शरीरमा रगतको कमी हुन पाउँदैन।
- बदाममा भएको तत्वले पेटसँग सम्बन्धित धेरै समस्या समाधान गर्न सघाउँछ। यसको नियमित सेवनले कब्जियतको समस्या हटेर जान्छ।
- बदाम खानाले शरीरमा तागत आउँछ। यसबाहेक यसले पाचन क्रियालाई सन्तुलित गर्न पनि मद्दत गर्छ।
- गर्भवती महिलाका लागि बदाम धेरै नै फाइदाजनक छ। यसले गर्भमा हुर्किरहेको बच्चाको वृद्धि र विकासमा मद्दत पुर्याउँछ।
- प्रत्येक दिन केही बदाम खानाले महिला र पुरुषको हर्मोनहरू सन्तुलनमा राख्न मद्दत पुग्छ।
- यसमा क्याल्सियम र भिटामिन डी पर्याप्त मात्रामा हुन्छ। त्यसैले यसको सेवनले हाड बलियो बन्छ।
- यसको नियमित प्रयोगले भोक नलाग्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ। साथै, फोक्सोलाई पनि यसले मजबुत बनाउँछ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस