बहुगुणकारी बदाम खानुका फाइदा

धेरैजसो मानिस स्वादका लागि बदाम खाने गर्छन्। तर, बदाममा स्वास्थ्यका लागि आवश्यक तत्वहरु लुकेको हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ।
यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ, जुन हाम्रो शारीरिक वृद्धिका लागि अत्यन्त महत्वपूर्ण छ। यदि तपाईंहरू केही कारणले दूध पिउनुहुन्न भने यसको सबैभन्दा राम्रो विकल्प बदाम हुन सक्छ। बदाममा पर्याप्त मात्रामा आइरन र क्याल्सियम पनि पाइन्छ। यसबाहेक यो खानाले शरीरमा तागत बढ्छ। यो भिटामिन ई र भिटामिन बी ६ को पनि राम्रो स्रोत हो।
बदाम खानुको फाइदा :
- बदाम खानाले मुटुसँग सम्बन्धित रोग लाग्ने खतरा कम हुन्छ।
- बदामको नियमित सेवनले शरीरमा रगतको कमी हुन पाउँदैन।
- बदाममा भएको तत्वले पेटसँग सम्बन्धित धेरै समस्या समाधान गर्न सघाउँछ। यसको नियमित सेवनले कब्जियतको समस्या हटेर जान्छ।
- बदाम खानाले शरीरमा तागत आउँछ। यसबाहेक यसले पाचन क्रियालाई सन्तुलित गर्न पनि मद्दत गर्छ।
- गर्भवती महिलाका लागि बदाम धेरै नै फाइदाजनक छ। यसले गर्भमा हुर्किरहेको बच्चाको वृद्धि र विकासमा मद्दत पुर्याउँछ।
- प्रत्येक दिन केही बदाम खानाले महिला र पुरुषको हर्मोनहरू सन्तुलनमा राख्न मद्दत पुग्छ।
- यसमा क्याल्सियम र भिटामिन डी पर्याप्त मात्रामा हुन्छ। त्यसैले यसको सेवनले हाड बलियो बन्छ।
- यसको नियमित प्रयोगले भोक नलाग्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ। साथै, फोक्सोलाई पनि यसले मजबुत बनाउँछ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस