• जीवनशैली | Jiwanshaili
  • आइतबार एकै दिन १ हजार ६ सयकाे ज्यान लियाे ,इटलीमा मात्रै ६ सय ५१ काे मृत्यु


    चैत्र १०, २०७६। सोमबार

    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड- १९० ले इटलीमा दिनप्रतिदिन उग्र रुप लिएको छ। इटलीमा कोरोना भाइरसले एकै दिन ६ सय ५१ जनाको ज्यान लिएको छ। हिजो आइतबारसम्म विश्वका १ सय ९२ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा १४ हजार ६ सय १३ जनाको मृत्यु भएको छ। भने ३ लाख ३६ हजार ७५ जना संक्रमित छन्।

    यस्तै, इरानमा आइतबार कोरोना भाइरसका कारण थप १ सय २९ जनाको मृत्यु भएको छ। भने स्पेनमा थप ३ सय ७ ५ जना र फ्रान्समा १ सय १२ जनाको ज्यान गएको छ। यसैगरी कोरोना भाइरसका कारण जर्मनीमा १० जना, दक्षिण कोरियामा ८ जना र स्विजरल्यान्डमा २४ जनाको मृत्यु भएको छ। युकेमा ४६ जनाको मृत्यु भएको छ भने अमेरिकामा थप १ सय १४ जनाको ज्यान गएको छ।

    यस्तै, नेदरल्यान्ड्समा ४३ जना, बेल्जियममा ८, अष्ट्रीयामा ८, स्विडेनमा १, क्यानडामा १, पोचुगलमा २, मलयसियामा ५ जनाको मृत्यु भएको छ। यसैगरि, ब्राजिलमा ७ जना, टर्कीमा ९, ग्रीसमा २ र पोल्याण्डमा २ जनाको कोभिड-९ बाट ज्यान गएको छ। भने इन्डोनेसियामा १० , रोमानियामा ३, स्लोभानियामा १ तथा भारतमा २ जनाको मृत्यु भएको छ।

    त्यस्तै, फिलिपिन्समा ६ बहराइनमा १, इजिप्टमा ४ जनाको मृत्यु भएको छ।
    इराकमा ३ जना कोलम्वियामा २ जना ,सर्बियामा १,अल्जेरिया र हंगेरीमा २- २ जनाको ज्यान गएको छ । आइतबार मोरक्को, उत्तर म्यासेडोनिया,एन्डोरार बुर्किनोफासोमा पनि १ -१ जनाको मृत्यु भएको छ । यसै गरी ट्युनिसीयामा २ अफगानिस्तानमा १ जनाको ज्यान गएको छ भने मौरिसस र ग्वाममा पनि एक एक जनाले ज्यान गुमाएका छन् ।

    विश्वभर आइतबार एकै दिन मर्नेको संख्या १ हजार ६ सय पुगेको छ। भने १ सय ९२ देश तथा क्षेत्रहरुमा संक्रमण फैलिएको छ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस