लकडाउन : अति विपन्न परिवारलाई खाद्यन्न वितरण
झिमरुक, १६ चैत /प्यूठान नगरपालिकाले वडा न ७ मा रहेका अति विपन्न तथा अशक्त ३६ घर परिवारलाई वडा कार्यालय मार्फत खाद्यन्न वितरण गरेको छ ।
दैनिक ज्यालादारी गरेर गुजारा चलाउन ती परिवारलाई १५ दिनसम्म पुग्ने खाद्यान्न सामाग्री वितरण गरेको वडा अध्यक्ष नेत्र केसीले बताउनुभयो । लकडाउनका कारण काममा जान नसक्ने परिवार छनौट गरी चामल, दाल, नुन, तेल लगाएतका खाद्यन्न सामाग्री वितरण गरिएको थियो ।
नगर प्रमुख अर्जुन कुमार कक्षपतिले विदेशबाट गाउँ फर्किएका नागरिक अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो । उहाँले कोरानो भाइरसको सम्भावित जोखिम हुन नदिन घरभित्रै रहन र कुनै समस्या भएमा नगरपालिकामा सम्पर्क गर्न आग्रह समेत गर्नुभयो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस