लकडाउन : अति विपन्न परिवारलाई खाद्यन्न वितरण

झिमरुक, १६ चैत /प्यूठान नगरपालिकाले वडा न ७ मा रहेका अति विपन्न तथा अशक्त ३६ घर परिवारलाई वडा कार्यालय मार्फत खाद्यन्न वितरण गरेको छ ।
दैनिक ज्यालादारी गरेर गुजारा चलाउन ती परिवारलाई १५ दिनसम्म पुग्ने खाद्यान्न सामाग्री वितरण गरेको वडा अध्यक्ष नेत्र केसीले बताउनुभयो । लकडाउनका कारण काममा जान नसक्ने परिवार छनौट गरी चामल, दाल, नुन, तेल लगाएतका खाद्यन्न सामाग्री वितरण गरिएको थियो ।
नगर प्रमुख अर्जुन कुमार कक्षपतिले विदेशबाट गाउँ फर्किएका नागरिक अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो । उहाँले कोरानो भाइरसको सम्भावित जोखिम हुन नदिन घरभित्रै रहन र कुनै समस्या भएमा नगरपालिकामा सम्पर्क गर्न आग्रह समेत गर्नुभयो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस