खाद्यान्न घरघर पु¥याउन प्रशासनको आग्रह
डोटी, १७ चैत / लकडाउनपछि खाद्यान्न अभाव हुन थालेको गुनासो आएकाले जिल्ला प्रशासन कार्यालयले व्यापारीलाई बिहानबेलुका खाद्यान्नका पसल खोल्न अनुरोध गरेको छ । प्रशासनले एक सार्वजनिक सूचना प्रकाशन गरी दैनिक उपभोग्यका सामग्री समयमै आपूर्ति गर्न र आवश्यकतानुसार पिकअप जीप, भ्यान जस्ता साना सवारी साधनमार्फत होम डेलिभरीको व्यवस्था गर्नसमेत अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलद्वारा हस्ताक्षरित सूचनामा सामान खरीदबिक्री गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने उल्लेख गरिएको छ ।
पोशाक भत्ता कोषमा जोरायल गाउँपालिका वडा नं ५ गड्सेरावासी तथा शिक्षक तीर्थराज भण्डारीले आफूले पाउँदै गरेकोको सरकारी शिक्षक पोशाक भत्तावापतको रु दश हजार नेपाल सरकारले स्थापना गरेको कोरोना नियन्त्रण राहत कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ । शिक्षक भण्डारी हाल भक्तपुर जिल्लास्थित गणेश माध्यमिक विद्यालय सूर्यविनायक नगरपालिका सिपाडोलमा अध्यापन गराउँदै आउनुभएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस