असिना पानीले गहुँबाली नष्ट
आइतबार परेको असिनापानीले जिल्लाको तल्लो भेगका अधिकांश स्थानीय तहमा लगाएको अन्न बाली नष्ट पारेको छ । पाक्न लागेको गहुँ, पाकीसकेको जौ र तरकारी बालीलाई नष्ट पारेको हो । जिल्लाको तल्लो क्षेत्रका स्थानीयले चैतको दोस्रो साताबाट गहुँ बाली भित्र्याउने गर्दछन् । बुढीगंगा, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिका सहीत अछाम जिल्लामा असिनाले बालीमा क्षति पु¥याएकोे बुढीगंगा नगरपालिका १का धर्मबहादुर भण्डारीले जानकारी दिनुभयो । हावा हुरीसँगै परेको असिना पानीले पाक्न लागेको गहुँ, पाकेको जौ र तरकारीलाई नष्ट पारेको स्थानीय शंकर उखेडाले जानकारी बताउनुभयो । ती नगरपालिकामा गहुँबाली बढी उत्पादन हुने गर्दछ ।
असिना पानीले गहुँबाली नष्टबीउ उत्पादनका लागि लगाइएको गहुँ बालीमा क्षति पुगेको बुढीगंगा नरपालिका–३ गडतोलाका नरबहादुर रौलेले बताउनु भयो । जिल्लाका अन्य स्थानीय तहमा जेष्ठ र असारसम्मगहुँबाली पाक्ने गरेपनि त्रिवेणी, बुढीगंगा सहितका स्थानीय तहमा चैतको अन्तिममा नै काट्न थाल्ने गरेका छन् । बेसी क्षेत्र र बढी उत्पादन हुने क्षेत्रका रुपमा पनि लिने गरिएको छ । यस अघि आएको असिनाले पनि त्रिवेणी, बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिका क्षेत्रका नोक्सानी गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस