लकडाउनले घरबासको कारोवार ठप्प
धम्बोझी, २९ चैत / कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण अहिले बाँके र बर्दियामा रहेका घरबास सुनसान छन् । दुवै जिल्लाको राष्ट्रिय निकुञ्ज क्षेत्रमा खोलिएका घरबास पर्यटकको अभावमा सुनसान भएका हुन् । बर्दियाका गुलरिया र ठाकुरद्वारा पर्यटनलाई आधार बनाएर खुलेका एक हजार सुविधासम्पन्न घरबासको कारोवार पनि शून्यमा झरेको छ ।
लकडाउनले पर्यटकको आगमन नभएपछि अरबौँ लगानी गरेर सञ्चालनमा ल्याइएका बर्दिया, डल्लाका घरबास सञ्चालकहरु अहिले चिन्तित बनेको मधुवन नगरपालिका वडा नम्बर १ वडाध्यक्ष परशुराम थारुले बताउनुभयो । बर्दियाको बारबर्दिया नगरपािलका—९ को सत्खुलवा र ठाकुरबाबा नगरपालिका—५ गोविन्दपुरको घरबासको अवस्था पनि दयनीय बनेको छ ।
बर्दिया मात्र हैन, बाँकेको गाभरमा रहेको घरबासको अवस्था पनि टिठलाग्दो भएको सञ्चालक कृष्ण चौधरीले बताउनुभयो । त्यसैगरी लकडाउनका कारण बर्दिया गुलरिया बजारका सानाठूला पसल, यातायात र होटल व्यवसायीले ठूलो घाटा भोग्नुपर्ने अवस्था सिर्जना भएको बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष विरु थारुले बताउनुभयो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस