तनहुँमा ३ सय ५८ जनाको रिपोर्ट नेगेटिभ
तनहुँ, ३ वैशाख /तनहुँमा विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका तीन सय ५८ जनालाई ¥यापिड परीक्षणमार्फत कोरोना भाइरसको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
सोमबार र मङ्गलबार कोरोनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तहका ८५ वटै वडा वडामा आरडिटी किट पठाएर परीक्षण कार्यलाई तीब्र पारिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । “आरडिटी परीक्षणबाट बढीमा २० मिनेटमा रिर्पोट आउँछ”, उहाँले भन्नुभयो, “पोजिटिभ आए स्वाब सङ्कलन गरी क्षेत्रीय प्रयोगशाला पोखरामा पठाउने व्यवस्था मिलाइएको छ ।”
बिहीबार सम्ममा जिल्लामा ¥यापिड डायग्नोस्टिक टेस्ट ९आरडिटी० किटबाट परीक्षण गर्ने कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको उहाँले बताउनुभयो । जिल्लामा विभिन्न देशबाट घर फर्किनेको सङ्ख्या सात सय २५ रहेका छन् । शनिबार मात्रै छ सय ४२ थान किट आएपछि आइतबारदेखि परीक्षण कार्य अघि बढाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।
भारतलगायत अन्य विभिन्न देशबाट जिल्ला प्रवेश गरेका सबै व्यक्तिलाई आरडिटी किटबाट कोरोना परीक्षण गर्नेछ । उहाँले भन्नुभयो, “घरमा तथा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेर चौध दिन पुगेका र २१ दिन ननाघेका व्यक्तिको किटबाट परीक्षण गर्नेछ ।”
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस