• जीवनशैली | Jiwanshaili
  • डन्डीफोर हटाउने घरेलु नौ उपायहरु


    बैशाख ८ गते । सोमबार ।

    अहिलेको व्यस्त समयमा डन्डीफोरको समस्या आम समस्या भइसकेको छ । खास गरी जसको छाला तैलीय हुन्छ उनीहरूलाई यो समस्या बढी हुन्छ । डन्डीफोरले सुन्दरता मात्र कम गर्ने होइन की कहिले काहीँ असह्य पिडा पनि दिन्छ । यो समयमा मान्छेहरू सोच्ने गर्छ यो डन्डीफोर सरल तरिकाले कसरी हटाउने । आज हामी तपाइहरूलाई ९ घरेलु तरिका बताउने छौ जुन उपाय प्रयोग गरेर सरल तरिकाले डन्डीफोर हटाउन सकिन्छ ।

    १.ग्रिन टि

    उम्लिएको एक कप पानीमा ग्रिन टि र एक चम्चा मह मिसाएर पिउने गर्नुस् । यसरी बनाइएको ग्रिन टि दिनमा दुई पटक पिउने गर्नुहोस् ।

    २.बरफ

    बरफको टुक्रालाई सफा कपडामा बेरेर डन्डीफोरमा बिस्तारै रगड्नुहोस् । यो प्रक्रिया दुई देखि तिन मिनेट सम्म गर्नुहोस् ।

    ३.मन्जन

    राती सुत्नु अघि अनुहार धोएर कपासमा थोरै मन्जन लिएर डन्डीफोरमा लगाएर सुत्नुहोस् र बिहान सफा पानीले पखाल्नु होस् ।

    ४.घिउकुमारी

    घिउकुमारी भित्रको जेल निकालेर डन्डीफोरमा लगाउनुहोस् र १५ मिनेट पछि सफा पानीले धुनुहोस् ।

    ५.कागती

    राती सुत्नु अघि कपासको टुक्रालाई कागतीको रसमा भिजाएर डन्डीफोरमा लगाउनुहोस् र बिहान सफा पानीले धुनुहोस् ।

    ६.लसुन

    दुई तिन वटा लसुनको केस्रालाई पिनेर पानीमा मिसाएर लेप बनाउनुहोस् र त्यो लेपलाई डन्डीफोरमा लगाउनुहोस् । दश मिनेट पछि सफा पानीले पखाल्नुहोस् ।

    ७.मह

    थोरै मह कपासको टुक्रामा लिएर डन्डीफोरमा लगाउनुहोस् र बिस मिनेट राखेर सफा पानीले पखाल्नुहोस् ।

    ८.बेसार

    बेसारमा पनि मिसाएर पेस्ट बनाउनुहोस् र यो पेस्टलाई कपासको मद्दतले डन्डीफोरमा लगाउनुहोस् । करिब दश देखि पन्ध्र मिनेट राखेर सुक्न दिनुस् र सफा पानीले पखाल्नुहोस् ।

    ९.चन्दन र गुलाबजल

    दुई चम्चा चन्दन पाउडरमा दुई चम्चा गुलाबजल मिसाएर गाडा पेस्ट बनाउनुहोस् र त्यो पेस्टलाई डन्डीफोरमा लगाउनुहोस् । पेस्ट राम्ररी सुके पछि सफा पानीले पखाल्नुहोस्


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार