मनाङमा औषधि अभाव छैन
काठमाडौँ, ८ वैशाख /मनाङका सबै स्थानीय तहमा सरकारद्वारा उपलब्ध हुने ७० किसिमकै औषधि सञ्चित रहेको जनाइएको छ । मनाङ जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र चार वटै स्थानीय तहका स्वास्स्थ्य शाखामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी कार्यरत रहेको र नेपाल सरकारद्वारा प्रत्येक नागरिकलाई निःशुल्क उपलब्ध हुने ७० किसिमका औषधि चालु आर्थिक वर्षको अन्तिम (असार मसान्त) सम्म पुग्ने गरी पर्याप्त मात्रामा भण्डार रहेको स्पष्ट पारिएको छ ।
ती पालिकामा सिटामोललगायत औषधि अभाव भन्ने आशयका समाचार कतिपय सञ्चारमाध्यममा प्रकाशन भएकामा आपत्ति जनाउँदै जिल्लाका स्थानीय तहले भ्रमित सूचनाका पक्षमा नलाग्न आग्रह गरेका हुन् । औषधिहरु उपचारका क्रममा उपलब्ध गराइँदै आएको पनि जनाइएको छ । मनाङका गाउँपालिकाका अध्यक्ष नासोँका चन्द्र घले, चामेका लोकेन्द्र घले, ङिस्याङका कान्छा घले र नार्पाभूमिका प्रशासकीय अधिकृत दीपेन्द्र पण्डितले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाई औषधि अभाव भन्ने खालको सूचनाको खण्डनका लागि आग्रह गरेका थिए ।
सो पत्रका आधारमा मनाङका सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले सबै पालिकाका अध्यक्ष एवं प्रतिनिधिका धारणा सार्वजनिक गर्नुभएको हो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस