कृषकलाई मलको आपूर्ति सहजरुपमा गरिँदै
वीरगञ्ज, ९ वैशाख / कोरोना भाइरस संक्रमणलाई लक्ष्य गरी लागु लकडाउनमा पनि कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले सहजरुपमा रासायनिक मल आपूर्ति गर्दै आएको छ । कृषकको मागलाई ध्यानमा राखी लकडाउनको पूर्ण पालनाका साथ सामाजिक दूरीलाई ध्यानमा राखी स्थानीय प्रशासनको समन्वयमा कृषकलाई मलको आपूर्ति सहजरुपमा गरिँदै आएको कार्यालयका प्रदेश प्रबन्धक गोबिन्द प्रसाद पराजुलीले बताउनुभयो ।
सो कार्यालयले आफूअन्तर्गतका अन्य कार्यालयलाई लकडाउन शुरु भएको मितिदेखि हालसम्म यूरिया मल ३५०, डिएपी मल २५० तथा पोटास ५० मेट्रिक टन काठमाडौँलगायत १३ कार्यालयमा पठाएको छ । पर्सा जिल्लामा भने आफ्ना ९५ सहकारी संस्थामार्फत युरिया मल १५०, डिएपी मल ४० तथा पोटास दुई मेट्रिक टन बिक्री गरिसकिएको छ । सो कार्यालयले सरकारको निर्णयानुसार झापामा १२५ मेट्रिक टन यूरिया मल पठाएको छ ।
हाल वीरगञ्ज कार्यालयमा यूरिया मल १२ हजार, डिएपी मल ६ हजार तथा पोटास एक हजार ४३० मेट्रिक टन मौज्दात छ । कार्यालयले तराईका किसानले लगाउने चैतेधान तथा पहाडका किसानले लगाउने मकैखेतीका लागि आवश्यक पर्ने रासायनिक मल पनि सहजरुपमा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस