पैदलयात्रुुको व्यवस्थापनपछि सडक सुनसान

रुपन्देही, ९ वैशाख /बुटवल उपमहानगरपालिकाले सडकमा पैदल हिँडेका यात्रुुलाई गन्तव्यमा पुु¥याउन थालेपछि सडकमा देखिन छाडेका छन्् । सडकमा अलपत्र तथा विभिन्न जिल्ला हिँडिरहेका मजदूरलाई खानाको व्यवस्था गरी गन्तव्यसम्म पु¥याउने गरी व्यवस्थापन गरेपछि सडक सुनसान देखिएको हो । यसअघि साँझ र बिहान मानिसको बढी चहलपहल हुने गरेको थियो । विभिन्न जिल्ला जाने मजदूर अलपत्र परेपछि उपमहानगरपालिकाको आलोचना हुने गरेको थियो ।
अलपत्र यात्रुलाई गन्तव्यसम्म पु¥याउनका लागि बुटवल धागो कारखाना अगाडि र पाल्पाको सिद्धबाबामा बस तयारी अवस्थामा राखिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुुभयो । उहाँले सम्बन्धित पालिकासँग समन्वय गरी यात्रु व्यवस्थापन गरिएको पनि बताउनुुभयो ।
अलपत्र अवस्थामा रहेकालाई खानाको व्यवस्था गरी गन्तव्यमा पु¥याउने काम भएपछि लकडाउनका बेला पैदलयात्रुुले राहत महसुस गरेका छन् । उपमहानगरपालिकाले चार दिनयता अलपत्र परेका करीब एक हजार तीन सय व्यक्तिलाई खाना खुवाएको छ । नेकपा बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीले लकडाउनका बेला खान नपाएर कोही पनि भोकै बस्नु पर्दैन भन्दै यसका लागि पार्टीले स्थानीय सरकारसँग समन्वय गरिरहेको बताउनुुभयो ।
तामनगरको कोरियन टेक्निकल इन्ष्टिच्युुट परिसरमा अलपत्र परेका यात्रुका लागि खानाको प्रबन्ध गरिएको र यसका लागि पार्टीले समन्वय गरिरहेको पनि उहाँले जानकारी दिनुुभयो । लकडाउनका बेला अत्यावश्यक कामविना घरबाहिर ननिस्कन उहाँले नगरबासीलाई आग्रह गर्नुभयो । प्रातः र सायंकालीन भ्रमणका निहुँमा भीडभाड हुने गरेकाले उपमहानगरपालिकाले बिहान ८ बजेभन्दा पहिले र बेलुका ५ बजेपछि घरबाट ननिस्कन अनुरोध गरेको छ । साथै दैनिक अत्यावश्यक सामान मात्र बिहान ८ देखि बेलुका ५ बजेसम्म खरीदबिक्री गर्न दिने व्यवस्था गरिएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस