प्रेस सङ्गठनद्वारा मास्क र स्यानिटाइजर वितरण
डोटी, १० वैशाख /प्रेस सङ्गठन नेपाल डोटी शाखाले जिल्लामा रहेका सञ्चारगृहलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ । सङ्गठनले आज डोटीबाट सञ्चालित विभिन्न सञ्चारगृहलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।
मुलुकमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको अवस्थामा जनतालाई सुसूचित गर्ने, सूचना प्रवाह गर्ने सञ्चारकर्मीलाई कुनै पनि निकायबाट सहयोग नभएकाले सङ्गठनले सामग्री उपलब्ध गराएको डोटी शाखा अध्यक्ष कर्णबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “सञ्चारकर्मी जोखिम मोलेर काम गरिरहेको अवस्थामा कसैले पनि मास्क र स्यानिटाइजर नदिएको जानकारी पाएपछि हामीलेले आज सबै सञ्चारगृह र सञ्चारकर्मीलाई वितरण गरेका छौँ ।”
जिल्लाका ११ सञ्चारमाध्यमलाई ४० बोतल स्यानिटाइजर र ४०० थान मास्क वितरण गरिएको हो । उक्त सङ्गठनले जिल्लमा सङकट उत्पन्न हुने समयमा सधैँ अग्रपङ्क्तिमा रहेर काम गर्ने मिडियाकर्मीलाई सुरक्षित रहेर काम गर्ने वातावरणको सिर्जना गर्नसमेत माग गरेको छ । लकडाउनको समयमा जिल्लाबाट प्रसारण हुने एफएम रेडियो, रेडियो नेपाल, पत्रिका तथा सबै अनलाइनमा जनशक्तिका आधारमा मास्क र स्यानिटाइजर वितरण गरेको सङ्गठनका सहसंयोजक नवराज जोशीले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस