असिनापानीले अन्नबाली नष्ट हुँदा चिन्ता

झिमरुक, १० वैशाख / एक्कासि परेको असिनापानीले खेती नष्ट गरेपछि प्यूठानको ऐरावती गाउँपालिका वडा नं ३ अर्झामका जगन्नाथ खनाल अहिले चिन्तामा हुनुहुन्छ ।
मंगलबार आएको असिनाले खनालको २३ रोपनी क्षेत्रफलमा लगाइएकोे गहुँ, केराउ, तरकारी र फलफूल खेती नष्ट गरेको छ । “गहुँ पाकेको थियो, एकदुई दिनमा भित्र्याउने भनेको थिएँ” उहाँले भन्नुभयो, “हिजोको असिनापानीले सबै सखाप बनाइदियो ।” वर्षभरि खानका लागि उब्जाउ गरिएको अन्नबाली सखाप हुँदा उहाँको मन दुःखेको छ ।
अन्नबालीसँगै गाईभैँसीलाई खुवाइने डाले घाँससमेत असिनाले पूरै नष्ट पारेको उहाँको भनाइ छ । “ यस वर्ष पशुलाई खुवाउने कुराको समेत अभाव हुने भयो, गहुँ सबै सिखै्र बनाइदिएको छ”, उहाँले भन्नुभयो, “बीउसमेत निकाल्न नपाइने भो ।” खनालसँगै यस क्षेत्रमा लगाइएको गहुँ, जौ, मकै , तरकारी र फलफूलमा असिना पानीले क्षति पु¥याएपछि किसान चिन्तित छन् । ऐरावतीका उपाध्यक्ष बुद्ध बस्नेतका अनुसार वडा नं १ , २ र ३ का विभिन्न बस्तीका किसानले उब्जाएको अन्नबाली नष्ट भएको छ । उहाँले असिनाले क्षति पु¥याएका क्षेत्रमा निरीक्षण गरिने बताउनुभयो । प्युठान नगरपालिकाको उच्च क्षेत्रमा किसानले भित्र्याउनका लागि काटिएको गहुँसमेत नष्ट भएको छ । केही दिन पहिले परेको असिनापानीले नौबहिनी गाउँपालिका वडा नं ३ का धम्चे, रुम्जा, झिम्प, रुङवाङ, पुत्लीवाङ, वडा नं १ को स्याउलीवाङ र वडा नं ४ र जिल्लाका अन्य स्थानमा गहुँ र भर्खर उम्रिएको चैतेमकै नष्ट पारेको धम्चेका थम्मन गिरीले बताउनुभयो ।
“कोरोना भाइरसको विपत्ति थियो नै”, गिरीले भन्नुभयो, “प्राकृतिक विपत्ति पनि संँगै आयो, सबै नष्ट पा¥यो । ” भित्र्याउनलायक गहुँका गेडा सबै जमीनमा झरेको बताउँदै उहाँले नौबहिनी क्षेत्रका करीब चार सय बासिन्दाको अन्नपात नष्ट पारेको जानकारी दिनुभयो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस