कोरोनाविरुद्ध खोप बाँदरमा सफल, मानिसमा पनि गरिँदै

चीनको एक बायोटेक कम्पनीले बनाएको खोपले बाँदरलाई कोरोना भाइरसबाट बचाएको छ । त्यस कम्पनीले बनाएको कोरोना विरुद्धको खोप बाँदरमा परीक्षण गर्दा सफल भएको जनाइएको छ ।
बेइजिंगस्थित सिनोभ्याक बायोटेक कम्पनीले बाँदरमा गरिएको परीक्षण सफल भएको जनाएको हो । सिनोभ्याकका अनुसन्धानकर्ताहरुले दुई भिन्न किसिमका खोपहरु ८ वटा बाँदरमा प्रयोग गरेका थिए । त्यसको तीन हप्तापछि ती बाँदरहरुको फोक्सोमा कोरोना भाइरस (कोभिड–१९) राखिएको थियो ।
बाँदरहरुलाई भाइरसबाट संक्रमण गराइएको ७ दिनपछि तिनीहरुलाई फेरी संक्रमणको अवस्थाका बारेमा जाँच गरिएको थियो । तर, उनीहरुमा भाइरसको संक्रमण नदेखिएको बताइएको छ ।अनुसन्धानकर्ताहरुले बनाएका २ खोप मध्ये एउटा बढी डोजको थियो भने अर्काे कम डोजको थियो ।
बढी डोजको खोप लगाइएका बाँदरहरुमा भाइरसको कत्ति पनि संक्रमण एवं असर देखिएन अर्थात भाइरस निष्कृय भइसकेको थियो । कम डोज दिइएका ४ बाँदरमा भने केहि समस्या र संक्रमण फेला परेको थियो । तर, डोज बढाएपछि ती बाँदर पनि पूर्ण रुपमा भाइरसमुक्त भएको अनुसन्धानकर्ताहरुले जनाएका छन् ।
दुबै किसिमबाट बाँदरहरुमा भाइरस नियन्त्रण ल्याउन सफल भएसंगै १६ अप्रिलमै कम्पनी र अनुसन्धानकर्ताहरुले मानिसमा पनि खोप परीक्षण सुरु गरिसकेका छन् । र परीक्षणका नतिजा भने आई सकेको छैन, आउने क्रममा छ ।
सिनोभ्याकका वरिष्ठ निर्देशक मेंग वेनिंगले मानिसमा पनि यो खोप पूर्ण रुपमा सफल हुने आफुहरु विश्वस्त रहेको बताएका छन् । प्रकाशित अध्ययनका लेखक एवं अनुसन्धानकर्ता फ्लोरियन क्रेमरले ‘खोपले काम गर्ने र निकै कम आर्थिक स्थिति भएका देशहरुले समेत यो खोप बनाउन सक्ने’ बताएका छन् ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस