भुल्केवासीले कोरोनासम्बन्धी परीक्षण गर्न माग
गाईघाट, १६ वैशाख / त्रियुगा नगरपालिका–३ भुल्केवासीले कोरोनासम्बन्धी स्वाब नमूना सङ्कलन र परीक्षण हुनपर्ने माग गरेका छन् । २८ कोरोना सङ्क्रमित रहेको भुल्केगाउँमा हालसम्म ३२४ को मात्र स्वाब नमूना सङ्कलन गरी परीक्षण भएको तर यो सबै गाउँलेका लागि पर्याप्त नभएको र ढुक्क रहने अवस्था नरहेका कारण अब प्रत्येक घरघरका परिवारको समेत नमूना सङ्कलन र परीक्षण हुनुपर्ने स्थानीयवासीको माग छ ।
भुल्केका ईश्वरीप्रसाद भट्टराई भन्नुहुन्छ, “अहिलेसम्म भुल्केमा ५५ घर मुस्लिम परिवारसहित केही स्थानीयवासी गरेर ३२४ को मात्र स्वाब परीक्षण गरिएको छ । बाँकी अन्य ३०० घरपरिवारका अन्य समुदायको पनि छिटोभन्दा छिटो स्वाब नमूना सङ्कलन गरेर परीक्षण गर्न आफूहरु जोडदार माग गर्दछौँ ।” स्वास्थ्य कार्यलय, स्थानीय प्रशासन र प्रदेशका मुख्यमन्त्री, मन्त्रीले समेत भुल्केवासी सबैको स्वाब नमूना सङ्कलन गरेर परीक्षण गर्ने भनेर आफूहरुलाई ढुक्क पारेको भए पनि अहिलेसम्म बाँकी गाउँलेको स्वाब सङ्कलन र परीक्षण हुन नसकेकामा दुःखी भएको ७० वर्षीय कृष्णप्रसाद ढकाल बताउनुहुन्छ ।
त्रियुगा नगरपालिका–३ का वडाध्यक्ष अपदेश चौधरीका अनुसार भुल्केमा मुस्लिम समुदायबाहेक पहाडी समुदाय क्षेत्री, ब्रह्माण, राई, कामी, दमाई, भुजेलसहित चौधरी जाति बसोबास गर्दै आएका छन् । वडाध्यक्ष चौधरीका अनुसार भुल्केको सबै बासिन्दाको स्वाब नमूना सङ्कलन र परीक्षण हुन आवश्यक रहेको र आफूले सोहीअनुसार पटक–पटक माग गरेको बताउनुहुन्छ । स्वास्थ्य कार्यालय प्रमुख सुवेदीका अनुसार आवश्यकअनुसार भुल्केमा कोरोनाको स्वाब नमूना सङ्कलन र परीक्षण गर्ने काम भइरहेको र छिट्टै छलफल गरेर सामग्री तयार गरी स्वाब नमूना सङ्कलन गर्ने तयारीमा रहेको बताउनुभयो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस