गुरुङ परिवारले २८ विपन्न परिवारलाई राहत वितरण

लमजुङ– लमजुङको क्व्होलासोथर गाउँपालिकास्थित भुजुङ घर भइ हाल हङकङमा बस्दै आउनुभएका रामबहादुर गुरुङ तथा उहाँको परिवारले २८ विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई आज बिहान गुरुङ परिवारले खाद्यान्न वितरण गरेको हो ।
भुजुङ घर भइ बेँसीशहर नगरपालिकामा बस्दै आएका आफ्ना गाउँको विपन्न परिवारलाई राहत वितरण गरेको हो । प्रत्येक परिवारलाई ३० किलो चामल, दुई किलो दाल, एक लिटर तेल वितरण गरेको छ । सो राहत करिब रु एक लाख ४६ हजार ३७० बराबरको राहत वितरण गरिएको रामबहादुरका बुबा नन्दबहादुर गुरुङले बताउनुभयो । यस विपद् घडीमा केही भए पनि सहयोग पुग्नेछ भन्ने अपेक्षाले सहयोग गरिएको उहाँको भनाइ छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस