गुरुङ परिवारले २८ विपन्न परिवारलाई राहत वितरण
लमजुङ– लमजुङको क्व्होलासोथर गाउँपालिकास्थित भुजुङ घर भइ हाल हङकङमा बस्दै आउनुभएका रामबहादुर गुरुङ तथा उहाँको परिवारले २८ विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई आज बिहान गुरुङ परिवारले खाद्यान्न वितरण गरेको हो ।
भुजुङ घर भइ बेँसीशहर नगरपालिकामा बस्दै आएका आफ्ना गाउँको विपन्न परिवारलाई राहत वितरण गरेको हो । प्रत्येक परिवारलाई ३० किलो चामल, दुई किलो दाल, एक लिटर तेल वितरण गरेको छ । सो राहत करिब रु एक लाख ४६ हजार ३७० बराबरको राहत वितरण गरिएको रामबहादुरका बुबा नन्दबहादुर गुरुङले बताउनुभयो । यस विपद् घडीमा केही भए पनि सहयोग पुग्नेछ भन्ने अपेक्षाले सहयोग गरिएको उहाँको भनाइ छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस