• जीवनशैली | Jiwanshaili
  • मध्यराती बसभित्र युवकसँग भेटिएका दुई युवतीलाई आफन्तले घर लान मानेनन्, क्वरेण्टीनमा राखियो


    कैलाली ( तीन दिनअघि धनगढीमा पार्किङ गरिएको बसमा मध्यरातमा भेटिएका चार जना युवायुवती मध्ये दुई युवतीलाई क्वरेण्टीनमा राखिएको छ ।

    उनीहरुका आफन्तले घर लैजान नमानेपछि क्वरेण्टीनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    उनीहरुलाई धनगढीमा रहेको रंगशालाको क्वरेण्टीनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।

    काठमाण्डौबाट आएका उनीहरु दुवै जना डडेल्धुराका हुन । दुवै युवतीसँग बसभित्रै भेटिएका धनगढीकै २४ वर्षीय दिलिप थापामगर र टीकापुरका १९ वर्षीय राम चौधरीलाई भने परिवारको जिम्मा लगाइएको छ ।

    धनगढी उप–महानगरपालिका वडा नम्बर ४ उत्तरवेहडीमा रहेको ६ लेन सडकदेखि शिवपुरी धाम जोड्ने सडकमा पार्किङ गरिएको बसमा भेटिएका दुई जना युवा र दुई युवतीलाई प्रहरीले तीन दिनअघि राति नै पक्राउ गरेको थियो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका दुई युवामध्ये एक जना त्यसै बसका सह–चालक हुन भने अर्का उनका साथी हुन् ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस