मध्यराती बसभित्र युवकसँग भेटिएका दुई युवतीलाई आफन्तले घर लान मानेनन्, क्वरेण्टीनमा राखियो
कैलाली ( तीन दिनअघि धनगढीमा पार्किङ गरिएको बसमा मध्यरातमा भेटिएका चार जना युवायुवती मध्ये दुई युवतीलाई क्वरेण्टीनमा राखिएको छ ।
उनीहरुका आफन्तले घर लैजान नमानेपछि क्वरेण्टीनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरुलाई धनगढीमा रहेको रंगशालाको क्वरेण्टीनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।
काठमाण्डौबाट आएका उनीहरु दुवै जना डडेल्धुराका हुन । दुवै युवतीसँग बसभित्रै भेटिएका धनगढीकै २४ वर्षीय दिलिप थापामगर र टीकापुरका १९ वर्षीय राम चौधरीलाई भने परिवारको जिम्मा लगाइएको छ ।
धनगढी उप–महानगरपालिका वडा नम्बर ४ उत्तरवेहडीमा रहेको ६ लेन सडकदेखि शिवपुरी धाम जोड्ने सडकमा पार्किङ गरिएको बसमा भेटिएका दुई जना युवा र दुई युवतीलाई प्रहरीले तीन दिनअघि राति नै पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका दुई युवामध्ये एक जना त्यसै बसका सह–चालक हुन भने अर्का उनका साथी हुन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस