विकट गाउँमा राहत वितरण
कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा लहान नगरपालिकाको विकट उत्तरवर्ती गाउँका विपन्न तथा गरिब परिवारलाई एक दम्पतीले राहत वितरण गरेका छन् । लहान निवासी महेश चौधरी र सङ्गीता कर्माचार्यले वडा नं १६ स्थित तरेगना, आरी दमाड़, भसुवा, डुमरे र देउराली गाउँका ती परिवारलाई आज राहत वितरण गरेका हुन् ।
विकट गाउँ भएकै कारण स्थानीय सरकारले हालसम्म राहत वितरण गर्न नसकेको जानकारीका आधारमा ती गाउँका १०० परिवारलाई राहत वितरण गरेको चौधरीले जानकारी दिनुभयो । यहाँस्थित एपोलो ॐ स्कूलका सञ्चालक चौधरी र नेपाल महिला सङ्घका केन्द्रीय सदस्य कर्माचार्यले प्रतिपरिवार चामल १० केजी, दाल एक केजी, मटर एक केजी, नुन एक केजी र आलु एक केजीका दरले राहत गर्नुभएको हो । ती दम्पतीले लकडाउन भएको पहिलो सातादेखि नै लहानका विभिन्न स्थानमा दैनिक ज्याला मजदुरी गरी खाने अति विपन्न परिवारलाई राहत वितरण गर्दै आएका छन् । विपन्न परिवारलाई सिरहाको विष्णुपुर गाउँपालिकाले राहत वितरण गर्ने अभियानको शुरुआत गरेको छ ।
गाउँपालिकाले वडा नं १ बाट राहत वितरण शुरु गरेको र पाँचवटै वडाका एक हजार ५०० विपन्न, मजदुर परिवारलाई राहत वितरण गरिने गाउँपालिका अध्यक्ष जागेश्वर यादवले जानकारी दिनुभयो । प्रतिपरिवार २५ किलो चामल, दुई किलो दाल, एक किलो नुन, एक लिटर खानेतेल, एक किलो चिनी र दुईवटा हात धुने साबुनको प्याकेट बनाएर वितरण गरिरहेको उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस