सामाजिक दूरी कायम गरी कृषि उत्पादनलाई अघि बढाउन जोड
ललितपुर, २१ वैशाख /ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभा सांसद पम्फा भुसालले कोभिड–१९ को सङ्क्रमण मुलुकमा दिनानुदिन देखिँदै गएका कारण सामाजिक दूरी कायम गरी कृषि उत्पादनलाई अघि बढाउन जोड दिनुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिकाले यहाँ आयोजना गरेको ‘ललितपुर क्षेत्र नं २ र ३ का प्रदेश तथा प्रतिनिधिसभाका सांसदहरुबीचको छलफल कार्यक्रम’ मा आज भुसालले कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका धेरै नेपाली स्वदेश फर्कन सक्ने कुरालाई ध्यानमा राखी कृषिमार्फत मुलुकमै रोजगार सिर्जना हुने वातावरण बनाउनुपर्ने आँैल्याउनुभयो ।
कार्यक्रममा क्षेत्र नं २ का सांसद कृष्णलाल महर्जनले हालको अवस्थामा दूरी कायम गरी उत्पादनमा लाग्नु सर्वोत्कृष्ट विकल्प रहेको मत व्यक्त गर्नुभयो । क्षेत्र नं ३ प्रदेशसभाका सभासद राजकाजी महर्जनले किसान तथा श्रमिकले जुनसुकै कार्यथलोमा दूरी कायम गरी कृषि तथा विकास निर्माणको कामलाई अघि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । क्षेत्र नं २ क सो सभासद माधव पौडेलले बढ्दो शहरीकरणका कारण कौसी खेतीमार्फत तरकारीमा आत्मनिर्भर बन्न सकिने भएकाले यसलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।
महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले यहाँका बाँझो जमीनमा खेती गराउन निर्देशिका तयारबारे छलफल भइरहेको बताउनुभयो । सो अवसरमा महानगरपालिकाका उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई, सामाजिक विकास समिति संयोजक दिनेश कार्की, विपत् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवाले, नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, नं २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले बन्दाबन्दी र यसले सिर्जना गरेको परिस्थितिका विषयमा छलफल गर्नुभयो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस