अज्ञात रोगले भैँसी र बाख्रा मरे
चौतारा, २२ वैशाख /सिन्धुपाल्चोकमा अज्ञात रोगबाट एक साताको अवधिमा दुईवटा लैनो भैँसी र सातवटा बाख्रा मरेका छन् । चौतारा सागाचोकगढी नगरपालिका–३ बतासे भुस्लुङ गाउँमा स्थानीय मानकुमारी थापा र कर्णबहादुर धितालको लैनो भैँसी आइतबार गोठमा मृत फेला परेको स्थानीय शैलेन्द्र सिलवालले जानकारी दिनुभयो ।
८-१० घण्टाको अवधिमा सातवटा बोका तथा बाख्रा मरिसकेका छन् । अन्य थुप्रै बिरामी परेको वडा सदस्य खिकबहादुर थापाले बताउनुभयो । नगरपालिकाका अन्य केही वडामा पनि फाट्टफुट्टरुपमा बाख्रा मर्ने गरेको स्थानीयवासीले बताएका छन् । गाउँमा एउटा दुहुना भँैसीको रु ८० देखि ९० हजारसम्म मूल्य पर्छ । यसरी मरेका भैँसीमा रोगको कुनै लक्षण नदेखिएको र बाख्रामा भने घँुडा सुन्निने र सामान्य छेर्ने लक्षण देखिएको जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस