क्वारेन्टाइनमा प्यूठानका एक युवकको मृत्यु
दाङमा क्वारेन्टाइनमा बसेका प्यूठानका एक युवकको मृत्यु भएको छ । प्यूठानको माण्डवी गाउँपालिका वडा ४ आपचौर घर भएका १८ वर्षीय युवकको उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
उनी भारतबाट आएर जेठ १२ गते बंगलाचुली गाउँपालिकाको भूटनेटा क्वारेन्टाइनमा बसेका थिए । उनलाई बान्ता हुनुका साथै स्वास प्रश्वासमा समस्या देखिएपछि उपचारका लागि बेलझुन्डी लगिएको थियो ।
बेलझुण्डी अस्पतालले पीसीआर रिपोर्ट नआइसकेकाले उपचार गर्न नसकिने बताएपछि उनलाइ राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ्ग लगिएको थियो ।
दाङ्गले पनि उपचार गर्न नमानेपछि उनलाई शनिबार बिहान उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमा मृत्यु भएको माण्डवी गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बताउनु भयो ।
जेठ २१ गते स्वाव संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा पठाइए पनि रिपोर्ट नआएको अध्यक्ष वलीले बताउनु भयो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस