लकडाउनको सदुपयोग गर्दै महिलाले बनाए स्वादिलो अचार
बाजुरा, ७ असार/उद्यमशील महिला समूहले लकडाउनको समयलाई सदुपयोग गर्दै ‘मिक्स अचार’ उत्पादन गरेका छन् । बाजुराको सदरमुकाम मार्तडीमा रहेको मार्तडी साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको सहकार्य र दिदीबहिनी उद्यमशील समूहको सक्रियतामा स्थानीय सामग्रीको प्रयोग गरी अचार उत्पादन गरेका हुन् ।
चोतो, मूला, गाजर, लसुन, प्याज र खुर्सानी मिलाएर अचार उत्पादन गरेको समूहकी अध्यक्ष कमलकुमारी शाहले जानकारी दिनुभयो । समूहका उपाध्यक्ष सीता बराल थापाले नौजना महिलाको समूह मिलेर पहिलो चरणमा तीन सय डिब्बा अचार उत्पादन गरेको बताउनुभयो । स्थानीय स्वादको सो अचार प्रतिकेजी रु तीन सयका दरले बिक्री मूल्य राखिएको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैसीले अगामी दिनमा समूहलाई आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो । उत्पादित अचारको बजार विस्तार र थप सीप विकासमा बडिमालिका नगरपालिकाले सहयोग गर्ने उपप्रमुख कविता बिष्टले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस