म्याङ्गो मिल्क सेक बनाउने विधि
अहिले आँपको सिजन हो । आँप यसै खान सकिन्छ भने यसको मिल्क सेक बनाएर खाँदा झन स्वादिलो हुन्छ । यस्तो मिल्क सेक गर्मीमौसममा बालबालिकालाई बनाएर दिँदा धेरै मन पराउँछन् । जनु घरमै सजिलै बनाउन सकिन्छ ।
मिल्कसेक बनाउन चाइने सामाग्रीहरु:
१. पाकेको आँप : २ वटा
२. चिनी : स्वाद अनुसार
३. काजु : पाँच पिस
४. पाउडर दुध: २ चम्चा
५. उमालेको दुध : २ कप
बनाउने विधि :
– सबैभन्दा पहिले एउटा पाकेको आँप लिने र त्यसलाई बोक्रा ताछेर स–साना क्युब आकारमा टुक्रा पार्ने ।
– मिक्सचरमा आँपका क्युब आकारका टुक्रा तथा दुई चम्चा चिनी राखेर ब्लेन्ड गर्ने । यसो गर्दा आँप प्युरी नरही राम्रोसँग ब्लेन्ड हुन्छ ।
– आँपको प्युरीमा पाँचवटा पिसेको काजु तथा दुई चम्चा पाउडर दुध राख्ने ।
– त्यसपछि दुई कप उमालेर राखेको चिसो दुध राख्ने । त्यसलाई तुरुन्तै सेवन गर्ने हो भने चिल्ड बनाउनका लागि दुुई टुक्रा आइस राख्ने । र ब्लेन्ड गर्ने । सेवन गर्नुअघि फ्रिजमा पनि राख्न सकिन्छ ।
– यसरी तयार भएको म्याङगो मिल्क सेकमा माथिबाट ड्राइफ्रुट्स, पेस्ता, बदाम टुक्रा तथा टुटीफुटी राख्न सकिन्छ । यसले मिल्क सेक स्वादिलो हुनुका साथै आकर्षक देखिन्छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस