अनुहारको छालालाई चम्किलो बनाउन यसरी गर्नुहाेस् सुन्तलाको बोक्राको प्रयोग
९ असार, २०७७
सुन्तला भिटामिन डीले भरिपूर्ण हुन्छ । सुन्तला पोषिलो तत्वहरुको भण्डार हो । सुन्तला हाम्रो स्वास्थ्यको लागी पनि एकदमै फाइदाजनक हुन्छ र यसको बोक्रामा भिटामिन सी र अन्य पोषक तत्वहरु पनि भरिपूर्ण हुन्छ । यदी तपाइको स्किन डल छ भने यो समस्याबाट छुट्कारा पाउन सुन्तलाको बोक्राले बनेको मास्क प्रयोग गर्नुस् । सुन्तलाको बोक्राले बनेको मास्क हामी घरमै पनि तयार गर्न सक्छौ । यो मास्क दैनिक प्रयोग गर्नाले अनुहारमा भएको कालो धब्बा , डन्डीफोर र ब्लाकहेड्स कम हुन्छ ।
सुन्तलाको बोक्राको मास्क बनाउने विधि :
सबैभन्दा पहिला सुन्तलाको बोक्रालाई घाममा राम्ररी सुकाउनुस् र सुकेको बोक्रालाई पिसेर मसिनो धूलो बनाउनुस्। अब एक ठुलो चम्चा सुन्तलाको बोक्राले बनेको पाउडर लिनुस् त्यसमा थोरै मात्रामा बेसार मिलाउनुस् र गुलाबजल हालेर फेसप्याक तयार गर्नुस् । अब यो फेसप्याक पुरा अनुहारमा लगाउनुस् र १५ मिनेटको लागी सुक्न दिनुस् । १५ मिनेट पछी सफा पानीले पखाल्नुस् ।
सुन्तलाको बोक्राले बनेको मास्क दैनिक प्रयोग गर्दा केहि दिनमा नै चम्किलो र सफा अनुहारको अनुभूति गर्न सक्नुहुन्छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस