• जीवनशैली | Jiwanshaili
  • यी हुन मुटु सम्बन्धी ९ रोचक तथ्यहरु


    मानव शरीरका जटिल र रोचक अङ्ग मध्ये मुटु एक हो। तपाईले मुटुको आकार र कामका बारे विद्यालय तथा पुस्तकमा अध्ययन गर्नु भएकै होला । मुटुको काम, मुटु ठिक राख्ने तरिका, मुटु रोग, रोगका लक्षणहरु, घरेलु उपचारहरू को चर्चा त तपाईले सुन्नु नै भएको होला । अब भने मुटुको केहि रोचकका तथ्यहरू हेरौं ।

    १) हाँसो मुटुको लागि राम्रो हुन्छ । यस्ले रगत प्रवाह २० प्रतिशतले बढाउन सक्दछ। यसले तनाव कम गर्दछ र तपाईंको प्रतिरक्षा प्रणालीलाई पनि बढावा दिन्छ।

    २) शरीरबाट मुटु अलग हुँदा पनि मुटु निरन्तर धड्कन रहन सक्छ ।

    ३) एक सामान्य मुटुले प्रत्येक धड्कन (बिट)मा लगभग १ चम्मच रगत पम्प गर्दछ।

    ४) विश्वभर धेरै हृदयघात सोमबार हुन्छ भने बर्षको सबैभन्दा धेरै हृदयघात हुने दिन क्रिसमसको हो ।

    ५) यदि मुटुको रक्त वाहिनी प्रणाली फैलाइयो भने, यो ९६,५६० किलोमिटरमा विस्तार हुन्छ।

    ६) नियमित व्यायाम हृदयको स्वास्थ्यको लागि सबैभन्दा महत्त्वपूर्ण कुञ्जी हो। जुन निः शुल्क हुन्छ।

    ७) मुटुको क्यान्सर एकदम दुर्लभ हुन्छ, किनकि मुटुका कोशिकाहरू जीवनको शुरुवातमा विभाजन गर्न रोक्दछन् ।

    ८) कोर्निय (आँखा को बाहिरी पारदर्शी तह) बाहेक शरीरको हरेक कोषसम्म हृदयले रगत उत्पन्न गर्दछ।

    ९) मुटुको शल्यक्रिया गर्ने सब भन्दा कान्छो व्यक्तिको उमेर केवल एक मिनेटको थियो। उनको मुटुमा समस्या थियो । यस्तो समस्या हुदा धेरै बच्चाहरू बाँच्दैनन्। उनको शल्यक्रिया सफल भयो, तर उनलाई पछि अन्ततः हार्ट ट्रान्सप्लान्टको आवश्यक्ता पर्नेछ ।


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार