भरुवा बन्दुकसहित एक पक्राउ
बागलुङमा भरुवा बन्दुकसहित प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बागलुङको बडिगाड गाउँपालिका–७ माजखर्कका दलबहादुर बुढा रहेका छन् । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको कमान्डमा खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा भरुवा बन्दुकसहित बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।
बुढाको साथबाट एक नाले भरुवा बन्दुक, अन्दाजी ४० ग्राम बारुद र गोली बनाउन प्रगोग हुने १२ थान सिसासमेत बरामद गरिएको उहाँले जानकारी दिनुभयो । थप अनुसन्धानका लागि भरुवा बन्दुकसहित बुढालाई जिल्ला सदरमुकाम झिकाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस