मेडिटेशन किन गर्ने ?
मेडिटेशन भनेको ध्यान गर्नु हो । मानिसको जीवन ब्याधी र उपाधिमा चलेको हुन्छ । ब्याधी भनेको भौतिक दुःख र उपाधि भनेको भावनात्मक दुःख हो । यी दुई फरक दुःख भएपनि कहिलेकाहीँ सँगै पनि यिनलाई झेल्नुपर्नेहुन्छ । यस्ता दुःखबाट मुक्ति पाउनका लागि मेडिटेशन गर्नु उत्तम मानिन्छ ।
शान्तसँग शरीरलाई सिधा राखेर आफूलाई आस्था भएको भगवान्को जाप गरेर मेडिटेशन गर्न सकिन्छ । मेडिटेशन गर्दा आफूले आस्था राखेको भगवान्लाई सम्झिएर मन्त्रको जाप गर्नुपर्छ, यसले ध्यानलाई एक ठाउँमा नियन्त्रित गर्न मद्दत पुर्याउँछ ।
मेडिटेशनका फाइदाहरूः
-मेडिटेसनले मनका अशान्तिलाई निष्क्रिय पारि मनलाई शान्त राख्ने काम गर्छ ।
-ज्ञानलाई सुक्ष्म ढंगले अनुभूति गर्ने बानीको विकाश मेडिटेशनद्धारा हुन्छ ।
-मनको चञ्चलतालाई नियन्त्रण गर्दछ ।
-यदि भुल्ने बानी छ भने, मेडिटेशनले स्मरण शक्ति तेज बनाउने काम पनि गर्छ ।
-रिसलाई नियन्त्रित गर्न मद्दत गर्दछ ।
-तनाव, अवसाद, द्धेश, ईश्र्या आदिबाट मुक्ति दिलाइ शान्ति, सामथ्र्य, संतोष आदिको विकाश गर्दछ ।
-उचित समयमा उचित निणर्य गर्न सक्ने क्षमताको विकाश गर्दछ ।
-हृदयसम्बन्धी रोगबाट बच्न पनि मेडिटेशनलाई उपयुक्त मानिएको छ ।
-ध्यानले मानिसलाई दीर्घायू बनाउन सहयोग गर्दछ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस